धुर्मुस सुन्तलीको वास्तविकतामा बन्यो गीत (भिडियो)

...

जेठ, काठमाडौं । हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले पुनर्निर्माणमा जुट्न आग्रह गरेको एक म्युजीक भिडियो सार्वजनिक गरीएको छ । डा. भीष्मकुमार भुसालको यो प्रण बोलको गीतमा अभिनय गर्दै उनीहरुले पुनर्निर्माणमा जुट्न आग्रह गरेका छन् ।

dhurmus suntali in music videoहाम्रो वास्तविकतामा आधारीत रहेर हाम्रो गीतले मनको कुरा बोलेकाले व्यस्तताको बाबजुद पनि उक्त गीतमा अभिनय गरेको उनीहरुको भनाई छ । भिडियोमा धुर्मुस सुन्तलीले घर बनाउन नसकिरहेका वृद्धवृद्धालाई सहयोग गरेको देखाउनुका साथै उनीहरुको अभियानमा बालिकाले खुत्रुके फुटाएर सहयोग गरेको समेत देखाइएको छ ।

यस अघि पनि केहि गीतमा शब्द दिइसकेका डा. भुसालको शब्दलाई स्वरुपराज आर्चाय र स्मीता दाहालले गाएका छन् । बसन्त सापकोटाको संगीत रहेको गीतको भिडियो सरोज ओलीले निर्देशन गरेका हुन् ।
dhurmus suntali in music videoभिडियोलाई सुदिप बरालले खिचेका हुन् भने रञ्जन न्यौपानेले सम्पादन गरेका छन् । शुभ मिडिया होम प्रा.लीको प्रस्तुती रहेको गीतमा ‘सेभ द चिल्ड्रेन’को सहयोग छ ।