ज्योती मगर र भद्रगोलका बले कक्रोजले युकेमा ‘बबाल धमाका’ गर्ने (भिडियो)

...

जेठ, काठमाडौं । हाँस्य टेलिश्रृंखला भद्रगोलका दुई चर्चित कलाकार सागर लम्साल (बले), हरी निरौला (कक्रोज) र गायिका ज्योती मगरले युकेमा ‘बबाल धमाका’ गर्ने भएका छन् । आउँदो जुन ४, ११ र १९ मा युकेको बिभिन्न ठाउँमा हुने कार्यक्रममा उनीहरु बबाल धमाका नामक कार्यक्रममा सहभागी हुँने भएका हुन् ।
bale kakroj and jyoti magarसपन इन्टरटेनमेन्टको प्रस्तुतीमा जुन ४ मा एम्पायर हल अल्डरसर्ट, जुन ११ मा हकिंग कम्युनिटी सेन्टर फ्ल्कस्टोन र जुन १९ मा एसिएन कम्युनिटी हल प्लमस्टेटमा कार्यक्रम हुने आयोजनकले बताएको छ । युकेमा रहेका नेपालीहरुलाई भरपुर मनोरञ्जन दिने उद्देश्यले राखिएको कार्यक्रममा दर्शकको उपस्थिती उल्लेखनीय हुनेमा आयोजक बिश्वस्त देखिन्छ ।

bale kakroj and jyoti magarयुकेमा हुने तिन कार्यक्रममा लागी बिस दिन सम्म युकेमा रहने कलाकारको टिम २२ जुनमा नेपाल फर्कने छ । भद्रगोलका कलाकार सागर लम्साल (बले) र हरी निरौला (कक्रोज) ले युकेमा रहनुभएका नेपाली दर्शकहरु सामु आफ्नो प्रस्तुती देखाउँन पाउँदा खुसी र सम्पुर्ण दर्शकलाई कार्यक्रममा आउन समेत आग्रह गरेका छन् ।

Bale and kakrojसाथै पछिल्लो समय हट गायिका भनेर चिनिएकी गायिका तथा मोडल ज्योती मगरले पनि कार्यक्रमलाई हट बनाउन हट गीतहरु गाउने भन्दै दर्शकहरुलाई निमन्त्रणा गरेकी छिन् ।

कलाकारहरुको युके कार्यक्रमको प्रोमो भिडियो तल हेर्न सक्नुुहनेछ ।