जेठ, काठमांडौ । चर्चित क्रिकेट खेलाडी विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्मा लामो समयसम्म एक अर्कासँग प्रेम सम्बन्धमा बाँधिएका थिए । तर पछिल्ला केहि दिन उनिहरु अलग भएका खबर बाहिर आएसँग सँगै पुनः उनीहरु एक हुन लागेको खबर बाहिर आएको छ ।
केहि बर्ष अघिसम्म बिराट र अनुष्का निकै नजिक दिए । बिराटको हरेक म्याच अनुष्काले स्टेडियममा नै गएर हेर्ने गर्दथिन् । रोचक कुरा त के थियो भने जब बिराट नै पचास अथवा सय रन हान्दथे उनले बाहिर बाट हेरिरहेकी अनुष्कालाई फलाईंग (टाडै बाट) किस गर्थे ।
त्यसपश्चात पछिल्लो केहि समय उनीहरुको सम्बन्धमा फाटो आएको खबर एकाएक बाहिरीन थाले । त्यसँग सँगै अनुष्का लाई लिएर सामाजिक सञ्जाल तिर बिभिन्न नराम्रो हल्लाहरु आउन थाले । सामाजिक सञ्जालमा भईरहेको हल्ला पछि बिराटले अनुष्कालाई अनुष्का राम्री केटी भएको भन्दै प्रशंशा गरे ।
–
साथै बिराटले अनुष्का नराम्रो केटी नभएको र सधैं आफुलाई राम्रो सोचेको उनले बताएका छन् । साथै बिराटले अनुष्काको तस्बिरमा कमेन्ट समेत गरेको पाइन्छ । त्यसले गर्दा पनि अब अनुष्का र बिराटको रिलेशन पुनः जोडिन त लागेको त होइन भन्ने कतिपयले बुझेका छन् ।