समाज परिवर्तनका लागी बनेको हो ‘रिलेशन’: निर्देशक दाहाल

...

जेठ, काठमाडौं । आउँदो असार १० गतेबाट प्रदर्शनमा आउने फिल्म ‘रिलेशन’ले समाज परिवर्तनका लागी ठुलो सहयोग गर्ने फिल्मका निर्देशक दिपेन्द्र दाहालले बताएका छन् । ‘रिलेशन’ नेपाली समाजमा तेक्वान्दो खेलको महत्वको कति छ र समाजका नकारात्मक कुरालाई हटाउनका लागी बनेको फिल्म रहेको निर्देशक दाहालले बताउँछन् ।
dipendra dahal - directorराजधानीमा बिहिबार एक कार्यक्रमका माझ फिल्म रिलेशनमा समावेश ट्रेलर तथा गीत दखाउँदै फिल्म युनिटले फिल्ममा तेक्वान्दो खेलको बिषय उठाइएको र तेक्वान्दोले समाजमा पार्ने सकारात्मक कुराहरुलाई प्रष्टाइएको थियो ।


बिदेशी कलाकारको पनि अभिनय रहेको रिलेशन हलिउड थ्रियटरमा पनि प्रदर्शन गरीने निर्देशन दाहाले बताए, “हामी अंग्रेजी सभटाईटलका साथ फिल्म निर्माण गरेका छौं, हलिउड थ्रियटरमा पनि फिल्म लाग्नेछ, अहिले अनलाईन टिकेट बुकिंगको काम भईरहेको छ”, दाहालले भने । फिल्ममा नेपाली तेक्वान्दो र अमेरिकन तेक्वान्दोको रिलेशनलाई पनि देखाईएको कार्यक्रममा बताइयो ।

relation film teamवनड्ररस मुभिजको व्यानरमा निर्माण भएको रिलेशनमा दिवाकर महर्जनको लगानी रहेको छ । फिल्ममा तेक्वान्दोका फस्ट सेभेन डन दिवाकर डन महर्जन र अमेरिकी व्ल्याक बेष्ट कृटिना नुनास तथा उपेन्द्र तिमल्सिना, महिमा सिलवाल ,लक्ष्मण बिक्रम बस्नेत ,शुशिल पोख्रेल लगायत तेक्वान्दोका अन्र्तराष्ट्रिय खेलाडीहरुको पनि अभिनय रहेको छ ।

सम्बन्धित समाचार
– तेक्वान्दो खेलको कथामा बनेको फिल्म ‘रिलेशन’ असार १० मा प्रदर्शन हुने 
– रिलेशन फिल्मलाई पिजी सर्टिफिकेट