बसपार्क गेष्टहाउसको रुममा पुग्दा जे देखियो (फोटो फिचर)

...

जेठ, काठमाडौं । बुधबारको दिन दिउँसोको १ बजेको थियो, काठमाडौंको नयाँबसपार्क स्थित होटल सुमेरु पुग्दा होटल परिसरमा खासै चहलपहल त देखिँदैन थियो । केहि मानिस होटलको एक रुममा आवतजावत गरेको देखियो, अनि गाईँगुँई कुरागरेको पनि सुनियो, मेरो ध्यान त्यतैतिर केन्द्रित भयो । आखिर के भएको रहेछ होटलको त्यो रुममा ? म त्यतै तिर लम्किएँ ।
shree krishna phuyal in shootingरुम भित्र केहि मानिसहरु जम्मा भएका थिए, रुमको बेडमा एक जना केटा र एक जना केटीमात्र थिए, सबैको आँखा तिनै केटा र केटीमा थियो । केटा र केटी एक अर्कामा आँखा जुधाइरहेका थिए, अनि रुमको एउटा कुनाबाट क्यामेराबाट ति केटा र केटीलाई कैद गरीएको थियो, र बल्ल बुँझे त्यो त एक फिल्मको सुटिङ पो रहेछ ।
short movie shooting photos1चारैतिर लाईट दिइएको र बिचमा केटा र केटीलाई राखेर फिल्म खिचिरहेको बुझे पछि अब मलाई बुझ्न मन लाग्यो, कुन फिल्मको सुटिङ भईरहेको रहेछ । बुझ्ने क्रममा गेष्टहाउसको एक रुमाको सिनका लागी फिल्म युनिट त्यहाँ आएको रहेछ र त्यो एक सट फिल्मको सुटिङ रहेछ ।

short movie shooting photos1

पछिल्लो समय नेपाली सट फिल्महरु बनिरहेका छन्, सट फिल्म भन्ने बित्तिकै मेरो दिमाख युट्युवको पेजसम्म स्मरण हुन पुग्यो अनि यताको बेड सिन र त्यता युट्युवमा छरिएका भिडियोहरुलाई सम्झिए, सायद त्यस्तै सट फिल्म बन्दैछ ।

क्यामेरामा व्यस्त भएका क्यामेरामेन सँग कुरा गर्ने खोसिस गरेँ, क्यामेरामा म सँग पहिलानै चिनजान भैसक्नु भएका क्यामेरा मेन श्रीकृष्ण फुँयाल हुनुहुन्थ्यो, उहाँ सँगको कुराकानीमा सट फिल्म निर्माण हुँदै र फरक किसिमको सट फिल्म निर्माण हुने बताउनु भयो ।
short movie shooting photos5सिद्धार्थ इन्टरटेन्मेन्टले निर्माण गर्न लागेको यस सट फिल्म समाजको यर्थाथ कथालाई उठाएको बताउनु भयो । युट्युवमा पछिल्लो समय भरिएका सट फिल्म जस्तै होकि भन्ने मेरो ठाडो प्रश्नलाई इंकार गर्दै उहाँले त्यस्तै सट फिल्महरुलाई प्रतिस्थापन गर्नका लागी सट फिल्म पनि राम्रा हुन्छन्, सट फिल्मको अर्थ के हो भन्ने प्रस्टाउनका लागी यस सट फिल्म निर्माण गर्न लागिएको बताउनु भयो । फिल्ममा नेपाली समाजमा गरिबीले गर्दा नेपाली चेलीहरुले भोग्नुपरेको पिणालाई देखाइएको बताउनु भयो । कथामा गरिबीका कारण बाध्यताले गेष्टहाउससम्म पुग्नुपरेको पिणाको दृश्य भएकोले एक दृश्यका लागी गेष्टहाउसको रुमको दृश्य खिचिएको उहाँले बताउनु भयो । फिल्म केहि दिनमै सिद्धार्थ इन्टरटेनमेन्टको अफिसियल युट्युव च्यानलमा आउने बताउनु भयो । फिल्म युट्युवका लागी मात्र खिचिएको थियो ।

मेरो केहिबेरको त्यहाँको बसाई पछि आफ्नो गन्तब्य तर्फ फर्किएँ ।
short movie shooting photos1

पछिल्लो समय युट्युव केन्द्रित नेपाली सट फिल्महरु हामी धेरै आएका देख्छौं । पैसा कमाउनकै लागी पनि अश्लिल भिडियोहरु युट्युवमा प्रश्स्तै भेटिन्छन् । युट्युवमा केहि हदसम्मको भिडियोलाई सेन्सर नलाग्ने र राम्रो आम्दानी हुनेभएकोले पनि कतिपयको धन्दा यहि भईरहेको छ । तर सट फिल्म पनि सन्देश दिने र समाज परिवर्तनमा अग्रसर गराउने फिल्म पनि हुन्छन् भन्ने आम दर्शकको बुझाई पछिल्लो समय घट्दै गएको छ ।
short movie shooting photos1

प्रस्तुतीः गोपिकृष्ण चापागाई ।