जेठ, काठमाडौं । अभिनेता भुवक केसीले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘ड्रिम्स’को पाईरेसी ‘हाइलाइट्स नेपाल कम्पनी’बाटै भएको खुलासा भएको छ । भुवनले हाइलाइट्सलाई ‘ड्रीम्स’को सिडी र अनलाइन राइट्स चलचित्र रिलिजको एक वर्षपछि सार्वजनिक गर्ने सहमतिमा ड्रीम्सको मास्टर कपी दिएका थिए।
अभिनेता भुवनले पाइरेसी गर्ने अपराधीलाई चाडै समातियोस् भन्दै महानगरीय प्रहरी वृत्तका अपराध अनुसन्धान प्रमुख सर्वेन्द्रनाथ खनाल र एमाले अध्यक्ष एवं प्रधानमन्त्री के.पी ओली लाई निवेदन दिएको भोलिपल्ट प्रहरीले २ जना लाई समातेको हो । प्रहरीले हाइलाइट्सका प्रमुख ओम गुरुङ , सोही कम्पनीका कर्मचारी विधान गुरुङ र चलचित्रलाई भाईरल गर्ने चन्द्र नवेजुलाई पक्राउ गरेको छ ।
अहिले विधान गुरुङ र चन्द्र नवेजु प्रहरी हिरासतमा छन् भने हाइलाइट्सका प्रमुख ओम गुरुङलाई प्रहरीले कागज गराई छाडिएको प्रहरीले बताएको छ । हाइलाइट्स नेपालले गल्ति गरेको भन्दै क्षतिपुर्ति दिने बताएको छ ।