जेठ, काठमाडौं । बलिउड अभिनेता सलमान खानका फ्यानका लागी एक खुसीको खबर आएको छ । सलमान खान र अभिनेत्री कट्रिना कैफलाई एक भएको देख्न चाहानेहरुका लागी यो खुसीको खबर हुनसक्छ । किनकी उनीहरु एक हुँदैछन् ।
उनीहरु एक हुनु भनेको सलमानले कट्रिनालाई विवाह गर्न लागेका भने होइनन् उनीहरु चारबर्ष पछि एउटै फिल्ममा देखिदैछन् । उनीहरु एक हुने फिल्म रोमान्टिक एक्सन कमेडी हुनेछ ।
–
यो भन्दा अघि उनीहरु ‘एक था टाईगर’मा देखिएका थिए । उनीहरु चारबर्ष सम्म एउटै फिल्ममा देखिएका थिएनन् । सोतका अनुसार यो फिल्म कट्रिना सलमानको अपोजिट देखिनेछिन । तर फिल्ममा उनको भुमिका भने धेरै ठुलो हुने छैन । सन्तोष को फिल्म लाई सलमान को बहिनी अलवीराले निर्माण गर्दैछिन् । उनी कट्रिनाको मिल्ने साथी हुन् ।
–
जुलाईमा सलमान खानको फिल्म सुल्तान आउँदैछ । त्यस्तै कट्रिनाको दुई फिल्म रणवीर कपुरसँगको ‘जग्गा जासुस’ र सिद्धार्थ मल्होत्रासँगको ‘बार बार देखो’ पनि रिलिजको लागि प्रखाईमा छन् ।