जेठ, काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान समन्वय समितीका अध्यक्ष शिब हमालले दोहोरी गीत फोहोरी भए भन्ने भनाई प्रति खण्डन गरेका छन् । दोहोरी साँझमा गाईने लोक दोहोरी गीतमा फोहोरी शब्द मिसाइएको भन्ने भनाईलाई खण्डन गर्दै उनले दोहोरी साँझ आफुहरुको बिद्यालय भएको बताएका छन् ।
–
हमालले नेपालमा लोक तथा दोहोरी गीत गाउँनका लागी कनै पनि स्कुल नभएको भन्दै दोहोरी गीत गाउँन सिकाउने अभिभावक तथा बिद्यालयनै दोहोरी साँझ भएको बताएका हुन् । बिहिबार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्यवय, नयाँबसपार्क समितिको प्रथम अधिवेसन कार्यक्रममा बोल्दै हमालले यस्तो बताएका हुन् ।
‘आज नेपालमा लोक दोहोरी गीत मनपराउने दर्शक तथा स्रोता धेरै छन् तर लोक तथा दोहोरी गीत सिकाउने कुनै बिद्यालय छैन, लोकदोहोरीको क्षेत्र पिछडिएको छ’, हमालले भने ।
–
दोहोरी साँझ सञ्चालक र कलाकार मिल्नु जरुरी
कलाकार शिब हमालले साप्ताहिक पत्रिकामा ‘दोहोरी गीत फोहोरी’ भन्ने टाईटलमा आएको गीत प्रति खण्डन गर्दै आफुहरुका गीत फोहोरी नभएको र एक पत्रकारले आफ्नो पत्रिका बिकाउनका लागी आफुहरुको कुरालाई कन्ट्रोभर्सी पारिदिएको बताए ।
–
साथै हमालले अझै पनि दोहोरी साँझ सञ्चालक र कलाकारहरु मिलेर गएन भने त्यस्ता थुप्रै पत्रिकाहरुले आफुहरुको बारेमा यस्ता समाचार छाप्ने भएकाले मिलेर जानु आवश्यक रहेको बताए ।
‘हामीले दोहोरी साँझमा बोलेका कुरा कुनै गलत छैनन्, जे बोलेका छौ राम्रो बोलेका छौ त्यसैले मैले संस्थागत रुपमा माफी माग्न चाहान्न, दोहोरी साँझ बिकृती होइन व्यावसायिकता हो’, हमालले भने ।
बिहिबार उपत्यका समन्यवय, नयाँबसपार्क समितिका अध्यक्ष अर्जुन थापाको संयोजकत्वमा सम्पन्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्यवय, नयाँबसपार्क समितिको प्रथम अधिवेसन बाट २५ सदस्सीय समितिको गठन भएको छ । अधिवेसनबाट उपसंयोजकमा रमेश बाबु थापा, सह–संयोजकमा दिनेश क्षेत्री लगायतको समिति गठन भएको छ ।
अधिवेशनमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्मा, बरिष्ठ उपाध्यक्ष बद्री पंगेनी, निबर्तमान महासचिव बिष्णु खत्री, समन्यवय समितिका अध्यक्ष शिब हमाल लगायतले आफ्नो भनाई राखेका थिए । साथै कार्यक्रममा संगीतकर्मि संघका उपाध्यक्ष प्रकाश कटुवाल, कोषाध्यक्ष रमेश दुलाल, शान्ति श्री परियार लगायत बिभिन्न लोक तथा दोहोरी गायक गायिकाहरुको सहभागिता थियो ।
-प्रस्तुतीः गोपिकृष्ण चापागाई ।