जेठ, काठमााडैं । बि. स. २०७० सालको चैत १५ गते शनिबार सवारी दुर्घटनाबाट गायिका मञ्जु महतको निधन भएको थियो । महतको निधन पश्चात गायक पुष्कल शर्माले श्रद्धाञ्जली अर्पणका साथमा ‘ए मञ्जु सम्झनामा आउ है’ बोलको गीत गाए जुन गीत दर्शक तथा स्रोताले अन्यधिक मन पराए र अत्यधिक सिआरबिटी र पिआरबिटी पनि डाउनलोड भयो ।
यसैबिच मञ्जु महतको सम्झनामा गाईएको उक्त गीतबाट उठेको रकम गायक पुष्कल शर्माले मञ्जु महत अक्षय कोषलाई हस्तान्तरण गरेका छन् । गायक शर्माले आज राष्ट्रिय बायो लोकदोहोरी अवार्ड २०७३ कार्यक्रमका बिच गीतबाट उठेको २७ हजार रुपैया मञ्जु महत अक्षय कोषमा हस्तान्तरण गरेका हुन् ।
–
नेपाली लोक तथा दोहोरी गीतमा आबद्ध कलाकारहरु मध्ये अग्रजलाई सम्मान, नयाँलाई प्रोत्साहन गर्ने उद्धेश्यका साथ चौथो बायो राष्ट्रिय लोक दोहोरी अवार्ड २०७३ कार्यक्रम यतिखेर राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा भईरहेको छ । लोक तथा दोहोरी गीतका गायक, गायिका, मोडल, निर्देशक लगायतका स्रष्टाहरुलाई यतिखेर बिभिन्न अवार्डले सम्मान गरीएको छ ।
मञ्जु महतको सम्झनामा यस्तो गीत गाएका थिए गायक पुस्कल शर्माले ।