कलाकार र नेता बिच हुनेभयो फुटबल भिडन्त

...

जेठ, काठमाडौं । नेपाली सांगितिक तथा फिल्मी क्षेत्रका कलाकारहरु र राजनितिक नेताहरु बिच फुटबल खेल हुने भएको छ । जेठ २३ गते शनिबार काठमाडौंको हल चोक मैदानमा फुटबल खेल हुने भएको हो । यस खेलको आयोजक संस्था भने नयाँ पत्रिका रहेको छ । आज राजधानीमा पत्रकार सम्मेलनमा गर्दै ‘पून निर्माण र जागरणका लागि’ भन्ने नाराका साथ फुटबल खेल गर्न लागिएको बताईयो । यस अभियानबाट उठेको रकम भुकम्प पिडितहरुलाई हस्तान्तरण गरीने आयोजकले बताएको छ ।

kalakar vs neta

यस्तै, जेठ २६ गतेबाट १२ दिन ‘मेचीकाली हास्यब्यङ्ग्य सांगीतिक कार्यक्रम’ पनि आयोजना गर्न लागिएको बताईएको छ । नेपालका चर्चित १२ जना हास्यकलाकार र केही गायक तथा गायिका यो यात्रामा सहभागी हुनेछन् । नयाँ पत्रिकाले गर्ने फुटबल खेलको यो अभियानमा युवा नेता तथा सभासद गगन थापा, ए।माओवादी नेता वर्षमान पुन ‘अनन्त’ र एमाले नेता रविन्द्र अधिकारीले एैक्यवदता जनाएका थिए ।

kalakar vs net football

कलाकारहरु जितु नेपाल, अशोक शर्मा, सिताराम कट्टेल, किरण केसी, नवल खड्का लगायतले खेल सफल पार्नका लागि कलाकारहरुको तर्फबाट पूर्ण सहयोग गर्ने बताए । त्यस्तै नेता र कलाकार मध्ये कसले बढी दर्शक ल्याउने भन्दै गायिका कोमल वलीले चुनौती समेत दिएकी थिईन् ।

kalakar vs net football 3

kedar ghimire ' magne buda'

kalakar vs net football 6