असार, काठमाडौं । नेपाल चलचित्र कलाकार संघद्धारा आयोजित ‘फान अवार्ड २०७२’ सम्पन्न भएको छ । शनिबार अवार्डमा ‘पशुपति प्रसाद’उत्कृष्ट फिल्म घोषित भएको छ । विभिन्न २४ विधामा वितरण गरिएको अवार्डमा आर्यन सिग्देल र नम्रता श्रेष्ठले फिल्म ‘क्लासिक’बाट उत्कृष्ट अभिनेता तथा अभिनेत्रीको ट्रफी जिते ।
वरिष्ठ गायक तथा निर्देशक हरि प्रसाद रिमाललाई दिर्घ साधना सम्मानबाट सम्मानित गरियो ।
‘फान अवार्ड ०७२’ का विजेताहरु यस प्रकार छन्ः
१.फिल्म : पशुपति प्रसाद
२.निर्देशक : दिपेन्द्र के.खनाल ‘पशुपति प्रसाद’
३.अभिनेता : आर्यन सिग्देल ‘क्लासिक’
४.अभिनेत्री : नम्रता श्रेष्ठ ‘क्लासिक’
५.हाँस्य कलाकार : विल्सन विक्रम राई ‘अधकट्टी’
६.खलपात्र : ‘विपिन कार्की ‘पशुपती प्रसाद’
७.सह अभिनेता : जितु नेपाल ‘वडा नं ६’
८.सह अभिनेत्री : रोमी घिमिरे ‘क्लासिक’
९.नव नायक : पल शाह ‘नाईं नभन्नू ल ४’
१०.नव नायिका : साम्राज्ञी राज्य लक्ष्मी शाह ‘ड्रिम्स’
११.चरित्र अभिनेता : रमेश बुढाथोकी ‘भाग् सानी भाग्’
१२.चरित्र अभिनेत्री : लक्ष्मी गिरी ‘प्रेम गीत’
१३.नव निर्देशक : भुवन केसी ‘ड्रिम्स’
१४.छायाँकार : पुरुषोत्तम प्रधान र संजय लामा ‘ड्रिम्स’
१५.द्धन्द्ध निर्देशक : हिमाल केसी ‘भैरव’
१६.सम्पादक : सुरेन्द्र पौडेल ‘क्लासिक’
१७.संगीतकार : राजनराज सिवाकोटी ‘वडा नं ६’
१८.गायक : युवराज चौंलागाईं ‘क्लासिक’
१९.गायिका : अञ्जु पन्त ‘प्रेम गीत’
२०.गीतकार : डा.कृष्णहरी बराल ‘प्रेम गीत’
२१.नृत्य निर्देशक : शंकर विसी ‘सुर्के थैली’
२२.कथा : दिपेन्द्र के.खनाल ‘पशुपती प्रसाद’
२३.पटकथा : रामबाबु गुरुङ र उपेन्द्र सुब्बा
२४.संवाद : दिपकराज गिरी ‘वडा नं ६’
२५.जुरी अवार्ड : सौगात मल्ल ‘फन्को’