फिल्म ‘पर्शुराम’ को पोष्टर सार्वजनिक

...

असार, काठमाडौं । फिल्म ‘पर्शुराम’ को पोष्टर सार्वजनिक गरीएको छ । दाङमा छायांकन गरिएको यस फिल्म घोराहीमा पत्रकार सम्मेलन गरी पोष्टर सार्वजनिक गरीएको हो । फिल्मको ९० प्रतिशत छायाँकन दाङमा र पाँच मध्ये २ वटा गीतको छायाँकन सौराहा, लुम्बीनी, पाल्पा, पोखरामा गरिएको छ ।

kisor-parsuram1फिल्ममा नायक किशोर खतिवडा र जानभी बस्नेत मुख्य भुमिकामा देखिएका छन् ।


साउनको दोस्रो सातादेखि प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको फिल्म ‘पर्शुराम’ मा नव कलाकार नवराज रावत र स्वस्ती क्षेत्रीसँगै सुशील पोख्रेल, ध्रुवराज अधिकारी, यादव सैघाली राज राना, प्रस्तुतकर्ता बुढाथोकी, निर्माता गिरीको अभिनय रहेको छ ।
kisor-pasuram

फिल्ममा यादव सैघालि, राजभक्त राना, सविन प्रियासनको लगानी छ ।