बहराइनमा नेपालीहरुको इद, नेपाली अस्तित्वको लडाइँ

...

असार, काठमाडौं । मान्छेहरुको एउटा अकल्पनीय जमाथ एक टक संग स्टेजमा ध्यान दिइरहदा अचानक केही युवा जमाथ ‘ह्यै र हाइ’ गर्दै चिच्याउदै उफ्रिन थाले -अचानक संग ती युवा जमाथ एक आपसमा हानाहान नै गर्न थाले, कसैले बसिरहेको कुर्सी उठाउदै थेचार्दै थिए त कसैले कोहि अर्कोमाथी मुक्का बर्साउदै थिए ।

यो दृश्य थियोे नेपाली क्लब बहराइनले मुस्लिम समुदायको महान चाड इदको अवसरमा आयोजना गरेको सास्कृतिक कार्यक्रमको ।

मुस्लिमहरुको देश वहराइन जहाँ हजारौं नेपालिहरु आफ्नो पसिनालाइ पैसाकोलागी बेचिरहेका छन् ।

baharain4स्थानीय सार्वजनिक विदाको अवसरपारी नेपाली सस्कृतिको जगेर्ना र प्रचार गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको नेपाली क्लबका अध्यक्ष कमल श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाल वाट रास्ट्रिय र अन्तरास्ट्रिय रुपमा ख्यातिप्राप्त लोक तथा दोहोरि गायक राजन कार्की, पप स्टार अनिल सिं , लोकपप गायिका मेलिना राई र नायिका रजनी गुरुङ गरि ४ जना कलाकारहरु कार्यक्रममा आउनु भएको थियो ।

यसरी नेपालीहरुले आफ्नो अस्तित्व र आफ्नो पहिचानकोलागी कार्यक्रम गरिरहदा त्यहीँ कार्यक्रम हेर्न आउने केहि नेपालीहरुले भने नेपालिहरुकै बेइज्जत हुने किसिमको हर्कत देखाइरहेका थिए ।

बहु भाषिक र बहु सस्कृतिको धनी देश नेपाल, हिमाल, पहाड र तराईका विभिन्न ठाउँमा बसोवास गर्ने करोडौं नेपाली र तिनै नेपाली मध्धे फरक फरक भासा धर्म र सस्कृती बोकेका हजारौं नेपालीहरु रोजगारिको शिलशिलामा बहराइनमा रहेका छन् ।

आफ्नो देशको ती सस्कृतिलाइ जगेर्ना गर्ने प्रयासमा नेपाली क्लब लागिरहेको अवस्थामा यसरी आफ्नै रास्ट्रियताको गौरवनै खल्बल्याउने किसिमको लाजमर्दो कार्य गर्ने नेपालीको पनि अर्को जमाथ नै भएको वहराइनमा आयोजित सो कार्यक्रमवाट प्रष्ट भएको छ ।

आफ्नो दुःख र मिहिनेतलाई बिर्सेर यसरी रास्ट्रिय गौरवमा नै आच आउने व्यवहार देखाउने त्यस्ता नेपालीहरुको सोच र कार्यसैलिलाइ बद्ल्नु जरुरी देखिएको बिस्लेसकहरुको भनाइ छ ।

आयोजक नेपाली क्लब बहराइनले त्यो हल्ला खल्लालाइ साम्य पारेपछी भने कार्यक्रम सहज र मनोरञ्जनात्मक रुपमा अगाडि बढेको थियो ।


‘हे…. बरै दसि धाराको नरोए आमा बाचे पठाम्ला तस्बिरै खिचे..
यी पुराना गायक झलकमान गन्धर्वका शब्दहरु नव गायक राजन कार्किले गुनगुनाउन सुरुवात गर्नासाथ अघि भर्खर हल्ला खल्ला भैरहेको ठाउँमा शान्ति छायो त्यो पनि यस्तो कि कोहिली गुनगुनाउदै छ अन्य जीव-जन्तु सुन्दैछ्न श्वासप्रश्वास पनि नगरी ।

रास्ट्रिय कलारको प्रस्तुति संगै बहराइनमा दुई कालेको रुपम परिचित असिम महत र बिश्व बिनोदको प्रस्तुतिले गर्मीमा पसिनाने नित्थ्रुक्क भएका दर्शकहरू समेत तातो हावाको वास्ता नै नगरी नाचिरहेका थिए ।

पपस्टार अनिल सिले आइलभयु बोलको गित गाउँदै गर्दा दर्शकहरुले पनि संग( संगै गाउँदै नाच्दै साथ दिइरहेका थिए ।

नायिका रजनी गुरुङको नाच र गायिका मेलिना राइको गितले त झनै दर्शकहरुवाट निक्कै प्रशम्सा बटुलेको थियो ।


यसरी नेपाली सस्कृतिको प्रचार र संरक्षणमा लागिरहेको नेपाली क्लब वहराइन जस्ता सस्थाहरुलाइ सबैले आ(आफ्नो ठाउँवाट सयोग दिनु जरुरी छ । कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष कमल श्रेष्ठको रहेको थियो ।

– दिपेन्द्र रेग्मी