गायक मिलन लामा सुकुम्बासी बस्तीमा सोलार बाँड्दै ‘उज्यालो मिलन’ अभियानमा

...

असार, काठमाडौं । चर्चित गायक मिलन लामा सामाजिक कार्यमा पनि धेरै अगाडि छन् । बर्षौ देखी गायन क्षेत्रमा सक्रिए मिलन सामाजिक कार्यमा पनि उत्तिकै सक्रिए छन् । मिडियामा खासै नछाउने मिलनले सामाजिक कार्यका लागी मात्र धेरे दुख गरेका हुन्छन् ।
milan lama in chitwan sukumbasi basti 2

यस्तै यसपटक पनि गायक मिलन लामाले चितवनको एक सुकुम्बासी बस्तीमा उज्यालो मिलन अभियान सुरु गरेका छन् । जस अन्तर्गत सुकुम्बासी बस्तीलाई उज्यालो बनाउन लागी परेका छन् । चितवनको बाघमारामा रहेको सुकुम्बासी बस्तीमा सोलार बत्ति बाड्ने अभियान तिब्र रुपमा अगाडि बढाएका छन् । बिदेशमा रहेका नेपाली दाजुभाईहरुको सहयोगबाट मिलनले यो अभियान सुरु गरेका हुन् ।
milan lama in chitwan sukumbasi basti 3मिलनको यस अभियानमा अहिले सम्म हङकङ, जापान, युएई, अमेरीका, अस्ट्रेलिया लगायतका देशहरुबाट नेपालीहरुको सहयोग मिलेको छ । साथै चितवनबाटै पनि सोलार बत्ति सहयोग गरीएको छ । अहिले सम्म करिब ३० थान भन्दा बढी सोलार सहयोग भईसकेको मिलनले आर्टिस्ट खबरलाई जानकारी दिए ।