अर्चनाको ‘जिस्म’ सेन्सर बोर्ड बाट पास, कुनैपनि सिन काटिएन (भिडियो हेर्नुस्)

...

असार, काठमाडौं । राजु गिरी निर्देशीत फिल्म ‘जीस्म’ सेन्सर बोर्ड बाट पास भएको छ । तर अर्चना पनेरु अभिनित यस फिल्म हेर्न १६ बर्ष मुनिका बालबालिकाले हेर्न नमिल्ने सेन्सर बोर्डले जनाएको छ । १ घण्टा ५५ मिनेटको यस फिल्ममा राखिएका कुनै पनि दृश्यहरु काटिएका छैनन् । दर्शकले निर्देशक गिरीले फिल्ममा जतिपनि दृश्य राखेका छन् त्यो सबै हेर्न पाउने भएका छन् ।

archana paneru jism movie - senserनिर्देशक गिरीले आफुले जतिपनि फिल्ममा सिनहरु राखेका थिए त्यो सबै पासभएकामा खुसी ब्यस्त गरेका छन् । आफुले देखाउन खोजेको सिन सबै दर्शकमाझ देखाउन पाएकोमा गिरीले खुसी ब्यक्त गरेका हुन् । “मैले सोचेको थिएन कि सबै सिन पास हुन्छ भनेर, मेरो एक घण्टा ५५ मिनेटको फिल्म सेन्सर भएका आधा घण्टामा पुग्छ कि जस्तो लागेको थियो तर सबै पास भयो, निकै खुसी लागेको छ”, गिरीले आर्टिस्ट खबरसँग कुरा गर्दै भने ।


फिल्ममा बोलिएका केहि सम्बादहरुमा भने सेन्सर बोर्डले सेन्सर लगाएको छ । भिडियो दृश्यमा सेन्सर नलगाएता पनि बोलिएका सम्बादलाई सच्चाउन लगाएको छ । फिल्ममा बेस्या, चरेश जस्ता शब्दहरुलाई सेन्सर लगाइएको निर्देशक गिरीले बताए । फिल्म यहि असार ३१ गतेबाट प्रदर्शनमा आउँदैछ ।

jism paneru  - sensar board pass
पोर्न स्टार बन्छु भनेर अगाडि बढेकी अर्चना पनेरुलाई निर्देशक राजु गिरीले नेपाली फिल्ममा अभिनय गराएपछि अर्चनाको अभिनय कस्तो छ भनेर दर्शकमाझ जिज्ञासाको बिषय बनेको छ । त्यसो त यसभन्दा अघिको अर्चना पनेरु अभिनित फिल्म छेस्कोमा पनि केहि भाग अर्चनाको अभिनय दर्शकले हेरीसकेका छन् । फिल्महलमा रिलिज भएको तिनदिनमै उत्रिएको छेस्कोलाई दर्शकले खासै नहेरेपछि जिस्म पनि कस्तो होला भन्ने दोदारमा दर्शकहरु देखिन्छन् ।

Raju giri film director 1

click here for Song of ‘Jism’