‘जिस्म’ फिल्म हिन्दीमा पनि डविङ, अब भारतमा पनि प्रदर्शन हुने

...

असार, काठमाडौं । ‘जिस्म’ फिल्म भारतमा पनि प्रदर्शन हुने भएको छ । हिन्दि डविङका साथमा भारतका फिल्महलहरुमा पनि फिल्म लाग्ने भएको छ ।
archana paneru - jism

नेपालका लगि हाइलाइट नेपाल र भारतको कम्पनी ए के क्रियशनबीच सम्झौता भइ उक्त फिल्म भारतमा समेत हिन्दी भाषामा ड्रविङ गरेर प्रदर्शन गरिने बताइएको छ ।
राजु गिरी निर्देशीत यस फिल्ममा अर्चना पनेरु मुख्य भुमिकामा छिन् । त्यसकारणले पनि यस फिल्म चर्चामा छ ।

भारतका नसिम खाँ ले उक्त चलचित्र भारतका विभिन्न हलहरुमा प्रदर्शन गर्न ‘हाइलाइटस नेपाल’संग सम्झौता गरेका छन् । नेपालमा यहि असार ३१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र जिस्म भारतमा भने एक जान है हुम का रुपमा अगस्ट ९ मा प्रदर्शन हुनेछ । हिन्दिमा प्रदर्शन भइसकेपछि एकबर्ष पछि सो फिल्म युट्युवमा पनि हेर्न सकिने बताइएको छ । निर्देशक गिरीका अनुसार हिन्दिमा डविङ भएको जिस्म पनि नेपालबाटै ‘हाइलाइस्ट नेपाल’कै युट्युवबाट आउने बताए ।

Raju giri film director 1यसैगरी जीस्म सेन्सर बोर्डबाट पास भएको छ । १६ बर्ष भन्दा मुनिकाले हेर्न नमिल्ने सर्टिफिकेट दिँदै बोर्डले पास दिएको छ । फिल्ममा समावेश केहि सम्बादहरु हटाउन लगाएको निर्देशक गिरीले आर्टिस्ट खबरलाई जानकारी दिए ।


चलचित्रमा अर्चना पनेरु, सुरेन्द्र बुढा, ओकेश पनेरु लगायतका कलाकारको अभिनय रहेको छ ।

ek jaan