सिर्जु र मनिषको ‘झिल्के डन’ले माया बटुल्दै (भिडियो)

...

असार, काठमाडौं । गायिका सिर्जु अधिकारीको ‘तिम्रो झिल्के डन’ बोलको गीतले यतिखेर दर्शकको मन जित्ने क्रममा छ । गायिका सिर्जु अधिकारी र बिशाल एजे परियारको संयुक्त प्रस्तुतीमा सार्वजनिक गरीएको यस लोक तथा दोहोरी गीत यतिखेर चर्चा बटुल्ने क्रममा छ ।
jhilke don sirju adhikariमाया प्रेममा सम्बन्धित यस गीत सार्वजनिक भएको करिब तिनहप्ता नपुग्दै दर्शकबाट राम्रै माया बटुल्न थालेको गायिक गायिकाको भनाई छ । बिभिन्न कार्यक्रमहरुमा जाँदा झिल्के डनको माग बढ्न थालेको गायिका सिर्जु अधिकारीले आर्टिस्ट खबरलाई बताइन् । मैले स्टेज कार्यक्रमहरुमा जाँदा धेरै गीतहरु गाउने गरेकी छु तर पछिल्लो समयको झिल्के डन दर्शकले अन्य भन्दा बढी नै मन पराइदिनुभएको छ, सिर्जुले भनिन् ।

गीतमा सिर्जु अधिकारी र मनिष खड्काको स्वर रहेको छ । गीतमा लय शब्द पनि मनिषकै रहेको छ । भिडियोलाई बब्बु थापाले निर्देशन गरेका हुन् भने दुर्गा पौडेलले खिचेका हुन् ।