असार, काठमाडौं । फिल्मी दुनियामा सफल जोडीको रुपमा चिनिएका अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठ यतिखेर हङकङ पुगेका छन् । फिल्म ‘क्लासिक’को बिशेष शोको लागी उनीहरु त्यहाँ पुगेका हुन् ।
खुशी गुरुङ र सन्तोष गुरुङले जुलाई १० तारिख अर्थात आइतबार आयोजना गरेको चलचित्रको विशेष शोमा सहभागी हुन यो जोडी हङकङ पुगेको हो ।
हङकङमै रहेका चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई पनि शोमा सहभागी थिए । दिनेश राउतको निर्देशनमा सुवास गिरीले निर्माण गरेको यो चलचित्रले नेपालमा पनि तारिफ पाएको थियो ।
– photo credit : Bikram Gurung