‘पाँचौं म्युजिक खबर म्यूजिक अवार्ड सम्पन्न, अर्जुनले पाए अवार्ड नै अवार्ड

...

असार, काठमाडौं । ‘पाँचौं म्युजिक खबर म्यूजिक अवार्ड सम्पन्न भएको छ । शुक्रबार राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न अवार्ड कार्यक्रममा संगीतकार अर्जुन पोख्रेलको हातमा अवार्ड नै अवार्ड भयो । उनको संगीत रहेको विभिन्न ६ वटा गीतले एउटै मञ्चमा अवार्ड पाउन सफल भयो ।

awardसंगीतकार पोखरेलले चलचित्र ‘प्रेमगीत’को ‘म यस्तो गीत गाउछु’वाट संगीतकारको अवार्ड पाए भने, सोही गीतवाट अन्जु पन्तले गायिकाको अवार्ड पाइन् । उनकै संगीत रहेको चलचित्र ‘प्रेमगीत’को ‘म त अलपत्र पर्छु’वाट सत्यराज आचार्यले गायकको अवार्ड पाए भने, सोही गीतवाट डा.कृष्णहरि बरालले गीतकारको अवार्ड पाएका थिए ।
arjun pokhrelपप गायन महिलामा दुर्गा खरेलले ‘काले काले केटाले’वाट अवार्ड पाइन्, जुन गीतमा संगीत पोखरेलकै थियो । ‘वर्षको पपुलर गीत’ तर्फ प्रमोद खरेलले ‘ओई झुमा झुम्कावाली’वाट अवार्ड पाए । यसमा पनि संगीत पोखरेलकै छ ।

त्यस्तै सम्पन्न म्यूजिक खबर म्यूजिक अवार्डका अवसरमा राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई दीर्घ साधना सम्मानबाट सम्मान गरियो ।