‘ड्राइभर दाई’ भदौ ३१ गते प्रदर्शन हुने, टाईटल गीत रिलिज (भिडियो)

...

साउन, काठमाडौं । फिल्म ‘ड्राइभर दाई’ आउँदो भदौ ३१ गतेबाट प्रदर्शनमा आउने भएको छ । सवारी चालकको कथामा बनेको यस फिल्मलाई विएस बलामीले निर्माण एंव निर्देशन गरेका हुन् । फिल्ममा नायक किशोर खतिवडा र सिमा केसीको मुख्य भूमिकामा रहेका छन् ।
driver dai nepali movieगेहेन्द्र बज्रचार्य कार्यकारी निर्माता रहेको फिल्ममा राजेन्द्र गौतम र ज्ञानु महर्जन निर्माताको रुपमा रहेका छन् । टंक बुढाथोकीको संगीत तथा स्वर रहेको गीतको शब्द रवि अधिकारीको हो । सरु गौतमले महिला स्वर दिएकी छिन् ।


‘ड्राइभर दाई’ मा किशोर र सिमासँगै दिनेश शर्मा र प्रज्जवल गिरीको पनि अभिनय रहेको छ ।