दिपाश्रीको स्वरमा रहेको छक्का पञ्जाको नयाँ गीत सार्वजनिक (भिडियो)

...

साउन, काठमाडौं । फिल्म ‘छक्का पञ्जा’को नयाँ गीत सार्वजनिक गरीएको छ । आउँदो भदौ २४ गतेबाट प्रदर्शनमा आउने छक्का पञ्जाको ‘हम्रा त तम्रा बाहेक को छ’ र बोलको गीत सार्वजनिक गरेको हो । यस गीत सार्वजनिक गरेसँगै फिल्म युनिटले प्रचारप्रसारको काम अगाडि बढाएको छ ।
chhaka bancja new songसार्वजनिक गीतमा कृष्ण काफ्ले र दिपा श्रीको स्वर रहेको छ । शान्तिप्रियले लेखेको यो गीतमा दीपक शर्माको संगीत छ । गीतमा कलाकारहरुको प्रेमलाई दर्शाइएको पाइन्छ । भिडियोको सुरुमा दिपकराज गिरी र प्रियंका कार्कीको प्रेमलाई देखाइएको छ भने पश्चिमेली शैलीमा रहेको यस गीतको भिडियो रमाइलो बनाइएको छ ।

‘छक्का पञ्जा’को यस अघि सार्वजनिक गीत पनि दर्शकले अत्यधिक मन पराएका छन् ।