गिनिज बुकमा नाम लेखाउने सोचका साथ ‘जालो र जालो रिटर्न्स’ एकसाथ बनाउदै

...

साउन, काठमाडौं । निर्देशक अराज केशवले गिनिज बुकमा नाम लेखाउने उद्देश्यको साथमा ‘जालो र जालो रिटर्न्स’ एकसाथ बनाउने तयारीमा छन् ।अराज ले क्यामेरा अन भएपछि एकैचोटी कट हुने र एकैपटकमा चलचित्रको छायांकन सकिने बताउदै सोमबार एक समारोहका बिच फिल्म ‘जालो’ र ‘जालो रिटर्न्स’को निर्माण घोषणा गर्नु भएको छ। यि दुवै फिल्म एकसाथ खिचिने र पूरै दृश्य खिचिसकेपछि फिल्मलाई ‘जालो’ र ‘जालो रिटर्न्स’मा तयार पारिने बताइएको छ। फिल्म निरन्तर चार घण्टा सुटिङ् गरेर सकिने छ,

jalo-and-jalo-returnsयि दुई चलचित्रमा अनुपविक्रम शाही, आशिफ शाह, भानु प्रताप, मेनुका प्रधान, बर्षा सिवाकोटी, प्रकाश श्रेष्ठ, मुक्ताराम आचार्य, भिष्म जोशी आदिको मुख्य भूमिका रहने बताइएको छ भने संगीतकार मोहित मुनालले नै दुबै फिल्म निर्माण गर्न लागेका छन।


कमेडी, सस्पेन्स र थ्रिलर जनरामा तयार हुन लागेको चलचित्रमा हरी लामाको छायांकन रहनेछ्।विश्वमै पहिलो पटक एकै सटमा २ चलचित्र खिचेर तयार गर्दै गिनिज बुकमा नाम लेखाउने सोच आफूहरुको भएको निर्माता मुनालले बताएका छन्। ।