‘चपली हाइट २’ को रिलिज अघि नै उठिसक्यो लगानी, तर कसरी जान्नुहोस्

...

 हामीसँग तपाई  Youtube मा पनि जोडिन सक्नुहुनेछ । जसका लागी तलको  ‘Youtube’ बटनमा  क्लिक गर्नसक्नुहुनेछ ।

साउन, काठमाडौं । पछिल्लो समय नेपालमा पनि नेपाली चलचित्रहरु उच्च स्तरीयका बन्न थालेपछि राम्रै आम्दानी गर्न थालेका छन् । चलचित्रले ब्राण्ड बनाउन थालेपछि चलचित्र बितरक कम्पनीहरुले चलचित्र प्रदर्शन हुनु अगावै दिइने एमजीमा यतिखेर बितरक कम्पनीहरुले राम्रैसँग आँखा खोलेका छन् ।

chapali height 2यस्तैक्रममा ‘चपली हाईट २’ ले पनि प्रदर्शन अगावै आफ्नो लगानी उठाएको छ । आउँदो भदौ २ गतेबाट प्रदर्शनमा आउने यस चलचित्रको युटुब, भीसीडी र ओभरसिज राइट्स हाइलाइट्स नेपालले खरिद गरेको छ ।यस्तै, काठमाण्डौ बाहिर पनि चलचित्र विक्री भैसकेको छ । चलचित्रका निर्माता अर्जुन कुमारले दिएको जानकारी अनुसार आफु चलचित्रबाट नाफामा गईसकेको बताए ।

chapali height 3त्यस्तै यस चलचित्र नेपालमा र अस्ट्रेलियामा सँगै सँगै प्रदर्शन हुने भएको छ । भदौ २ गतेबाट पनि अस्ट्रेलियामा चल्दै छ । चलचित्र प्रदर्शनको समयमा निर्माता अर्जुन कुमार र निर्देशक दीपेन्द्र के खनाल अष्ट्रेलिया जानेछन् ।


चलचित्रमा आयुष्मान देसराज जोशी, परमिता आरएल राणा, मरिष्का पोख्रेलको मुख्य भूमिका रहेको छ ।