बिराज भट्टको एक्सन् फिल्म ‘परशुराम’को ट्रेलर यस्तो (भिडियो)

...

साउन, काठमाडौं । नेपाली फिल्मी क्षेत्रमा कमब्याक भएका एक्सन् अभिनेता बिराज भट्ट अभिनित फिल्म ‘परशुराम’को ट्रेलर सार्वजनिक गरीएको छ । यहि साउन २८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यस फिल्मको सार्वजनिक ट्रेलरमा बिराजलाई एक्सन भुमिकामा उतारीएको छ । पुलिस अफिसरको भुमिका निभाएका बिराजको यस फिल्ममा एक्सन भरपुर हेर्न पाइने देखिन्छ ।

biraj bhatta in parasuramनिर्माता रोज राणाको डेब्यु निर्देशनमा बनेको यस फिल्ममा विराज प्रहरीको भूमिकामा देखिएका छन् । फिलममा विराजका साथै रविन तामाङ र निशा अधिकारीको मुख्य भूमिका रहेको छ। यस फिल्ममा एनवी महर्जनको एक्सन, बसन्त श्रेष्ठ र रामजी लामिछानेको कोरियोग्राफी, रामेश्वर कार्कीको छायांकन र महेश खड्काको संगीत रहेको छ ।