हामी गलत छैनौं, हिम्मत हार्दैनौंः ‘गाँजाबाजा’ निर्मात्री गोमा बिष्ट (भिडियो)

...

साउन, काठमाडौं । चलचित्र ‘गाँजाबाजा’ यतिखेर अदालत सम्म पुगेर केहि समयका लागी रोकिएको छ । ‘गाँजाबाजा’ शिर्षक लाई लिएर विवादमा आएको यस चलचित्रको अदालतले भदौ २७ गते फैंसला गर्दैछ । त्यो अवस्था सम्म चलचित्र निर्माण युनिट यतिखेर पर्ख र हेरको अवस्थामै रहेको छ ।
producer goma bista - gaja baja movieचलचित्र ‘गाँजाबाजा’की निर्मात्री गोमा बिष्टले आफुहरुले ‘गाँजाबाजा’ शिर्षक राखेर गल्ति नगरेको बताएकी छिन् । शिर्षकमा गाँजा शब्द राख्दैमा फिल्म नै रोक्न नपाइने र फिल्मको शिर्षकले नराम्रो सन्देश पनि नदिनेमा विश्वस्त देखिएकी छिन् । हामीले फिल्ममा गाँजा खान हुन्न भन्ने सन्देश दिनका लागी शिर्षक ‘गाँजाबाजा’ राखेका छौं, गल्ति के गरेका छौं र ?, निर्मात्री बिष्टले आर्टिस्ट खबरसँग कुरा गर्दै भनिन् ।

अन्य फिल्म निर्माता तथा निर्देशकहरुले पनि ‘गाँजाबाजा’ शिर्षक अबैधानिक नभएको र हिम्मत नहार्न सन्देश दिएको बिष्टको भनाई छ । ब्यवसाय गर्दै आएकी निर्मात्री बिष्टले आफु पहिलो पटक फिल्म क्षेत्रमा आउँदाा पहिलो गासमै ढुंगा लागेको बताइन् । शुरुमै झमेला भोग्नु पर्यो नि, अब फिल्म निर्माण गर्नु हुन्न कि भन्ने हाम्रो प्रश्नमा उनले भनिन्, पहिलो पटक फिल्म निर्माण गरेकी हुँ, तर शुरुमै झमेला झेल्नु पर्यो, तर झमेला भयो भन्दैमा मैले हरेश खाएकी छैन। झन् बुझ्ने मौका पाइयो । यस फिल्म प्रदर्शन भएपछि पुनः अन्य फिल्मपनि दर्शक माझ लिएर आउनेछु ।

गाँजाबाजा निर्मात्री गोमा बिष्टसँग आर्टिस्ट खबर डटकमले गरेको कुराकानी तलको भिडियोमा हेर्न सक्नुहुनेछ ।