अमेरीकामा नेपालको झण्डा फहराएर रेस्लिङ खेल्ने सपना थियोः पहिलो महिला रेस्लर युनिका

...

साउन, काठमाडौं । नेपालको पहिलो पहिला रेस्लर भगवनी खड्का (युनिका) ले अमेरीका गएर नेपालको झण्डा फहराएर रेस्लिङ खेल्ने सपना हदाँ हँदै जान नसकेको बताएकी छिन् । अमेरीकाबाट रेस्लिङ खेल्नका लागी त्यहाँको टिमले बोलाउँदा पनि आफुले अमेरीकाको भिषा नपाएको भन्दै उनले यसपालीको ठुलो सपना पनि गुमेको बताइन् ।

bhagwoti khadka - unikaनेपालको पहिलो महिला रेस्लर भएर अमेरीका जाने सपना बुनेकी युनिकालाई अमेरीकी दुतावासले तपाई अमेरीका जान योग्य हुनुहुन्न भनेर फर्काउँदा अमेरीका पुगेर रेस्लिङमा पनि नेपाललाई चिनाउने सपना गुमेको बताएकी हुन् । युनिकाले आर्टिस्ट खबरसँग कुरा गर्दै भनिन्, सबै डकुमेन्टहरु तयार पारेर गएकी थिएँ, अन्तिममा भिषा नपाएपनि निराश भएर फर्किनु पर्यो, तर हरेस खाएकी छैन, एकदिन बिश्व सामु नेपाललाई महिला रेस्लिङमा चिनाएरै छाड्नेछु ।


युनिकाले रेस्लिङमा इच्छा रहेका महिलाहरुका लागी भनेरै आफुले महिला रेस्लर एसोसिएन पनि खोलेको बताइन् । नेपालमा रेस्लिङ खेल्ने इच्छा भएका महिलाहरुका लागी आफुले अब नयाँ कदम चालेको भन्दै उनले महिला रेस्लर एसोसिएन बताइन् ।


युनिकाले अर्घाखाँचीबाट पहिलो पटक रेस्लिङ खेलेर आफ्नो रेस्लिङ क्षेत्रमा प्रवेश गरेकी थिइन् । उनी सर्वप्रथम अमेरीकाको द ग्रेड चिली सँग रेस्लिङ खेलेकी हुन् । अहिले उनी नेपाल भित्रकै महिला रेस्लिङमा भाग लिइरहेकी छिन् ।