साउन, काठमाडौं । गायक पशुपति शर्मा र गायिका शान्ती श्री परियारको स्वरमा सार्वजनिक तिज गीत यतिखेर दर्शकमाझ हिट बन्दै गएको छ । पशुपति शर्माको लय, शब्दमा शान्ती श्री परियारको ‘बुहारी सुत्केरी भइछ’ बोलको तिज गीत यतिखेर चर्चित बन्दै गएको हो ।
गाउँघर र शहरको कथालाई समेटेर बनाइएको यस गित वास्तविक जीवनमा मेल खाने भएकोले पनि धेरै नै रुचाइएको छ । त्यसो त गायक पशुपति शर्माका प्राय शब्दहरु वास्तविक जीवनसँग मेल खाने र सन्देश मुलक हुने गर्दछन् ।
–
यस गितको भिडियोमा निर्देशन र छायांकन दुर्गा पौडेलको रहेको छ भने सम्पादन मिलन बि.कले गरेका हुन् । त्यस्तै दृश्य निर्माण एकता फिल्म्सद्धारा भएको हो । भिडियोमा पशुपति शर्मा र शान्ति श्री कै अभिनय देख्न सकिन्छ ।
–
गतबर्ष पनि गायक पशुपति शर्मा र शान्ति श्री परियारको स्वरमा रहेको सातो फुक झाक्रि बा बोलको गितलाई दर्शकले अत्यधिक रुचाएका थिए ।