निर्देशक राजु केसी भन्छन्- ‘नितान्त निर्देशकको हकहितका लागी लड्छु’

...

साउन, काठमाडौं । चलचित्र निर्देशक समाजको नयाँ कार्यकालका लागी निर्वाचन भोली अर्थात साउन १५ मा हुँदै छ । निर्वाचन हुने अन्तिम समय आईरहँदा उम्मेदवारहरु यतिखेर भोट आफुतिर ल्याउनका लागी निकै कसरतमा लागेका छन् ।
Raju kc - directorचलचित्र निर्देशक समाजका अध्यक्षका प्रत्यासी राजु केसीले आफु निर्देशकहरुको हकहितका लागी लड्ने बताएका छन् । चुनावको मिति नजिकिँदै गर्दा भेटघाटमै ब्यस्त रहेका केसीले आफ्नो चार कार्यकाल देखीनै संस्थामा रहेर संस्थाकै हकहितका लागी लड्दै आएको र अबपनि संस्था र संस्थामा रहनुभएका निर्देशकहरुको हकहितमै लड्ने बताएका हुन् ।

अध्यक्षमा उम्मेदवारी दिने तयारीमा रहेका केसीलाई हामीले तपाई अध्यक्ष हुनुभयो भने संस्थामा रहेर संस्थालाई माथि उठाउनका लागी योजना केके छन् भन्ने आर्टिस्ट खबरको प्रश्नमा उनी भन्छन्, ‘निर्देशक समाजमा रहनुभएका निर्देशकहरुको सुरक्षा नभएको र सुरक्षाका लागी बिमाको ब्यवस्था गर्ने योजनामा छु र निर्देशकहरुको वर्कसपका लागी बिदेशमा पनि गर्न सकिने ब्यवस्था मिलाउने प्रयत्नमा छु ।’

निर्देशक राजु केसीले अहिले सम्म दुई वटा चलचित्र निर्देशन गरेका छन् । साथै उनी चार कार्यकाल देखीनै संस्थामा रहँदै आएका छन् ।
निर्देशक राजु केसीसँग आर्टिस्ट खबर डटकमले गरेको भिडियो कुराकानी हेर्नुहोस् ।