निर्देशक समाजको नयाँ नेतृत्वको लागी मतदान हुँदै, गोपालचन्द्र महासचिवमा निर्विरोध

...

साउन, काठमाडौं । चलचित्र निर्देशक समाजको नयाँ नेतृत्वको निर्वाचनको मतदान कार्य भईरहेको छ । निर्देशक समाजको तिनबर्षे कार्यकालको लागी अध्यक्ष पदमा २ जना बिच कडा प्रतिस्पर्धा भईरहेको छ । निर्देशक सुचित्रा श्रेष्ठ र राजु केसीको अध्यक्ष पदमा उम्मेदवारी हो ।

Film Director Society Election 2073 (1)चलचित्र बिकाश बोर्डमा चलिरहेको मतदान कार्यमा धेरै मतदाताहरुले मतदान दिइसकेका छन् । निर्वाचनमा केहि राजनितिक गन्ध देखिएता पनि कडा प्रर्तिपर्धा भने भएको देखिन्छ । कांग्रेसको तर्फबाट उम्मेद्वार बनेकी सुचित्रा र प्रचण्ड नेतृत्वको माओवादीको तर्फबाट केसी मैदानमा उत्रिएका हुन् । दुबैले मतदाताहरु बिच मतमाग्दै गरेको दृश्य मतदान केन्द्रमा देखिएको छ । दुबैले जित्नेमा विश्वस्त देखिएका छन् ।
Film Director Society Election 2073 (1)

यस्तै दुई उपाध्यक्ष पदको लागी दिपक खाँड, रक्षासिंह राणा र प्रमोद भण्डारीको उमेद्वारी परेको छ ।

महासचिवमा पदमा भने निर्देशक गोपालचन्द्र लामिछाने निर्विरोध चयन भएका छन् । रामशरण उप्रेती मैदानमा उत्रिएको भए पनि पछि उनले उमेद्वारी फिर्ता लिएपछि लामिछाने निर्विरोध महासचिव बनेका हुन् । कोषाध्यक्षको लागी विश्वमणी घिमिरे र रंग पत्रकार समेत रहेका समिर बलामीले उमेद्वारी दिएका छन् ।

Film Director Society Election 2073 (1)सचिव पदको लागी जनकद्विप पराजुली र सेखर खनालबीच टक्कर हुने पक्का देखिएको छ । यस्तै सह कोषाध्यक्ष पदको लागी शिव घिमिरे र राजु अधिकारीबीच प्रतिस्पर्धा निश्चित भएको छ भने ६ सदस्य पदको लागी १० जनाको उमेद्वारी परेको छ ।
Film Director Society Election 2073 (1)जसमा अरुणकुमार प्रधान, जनक खड्का, समुन्द्र भट्ट, अजित लामिछाने, आरविके शरद, रमेश पोखरेल, सानु शाक्य, दुर्गाप्रसाद नेम्वाङ, घनश्याम लामिछाने र रञ्जित राणाको उमेद्वारी परेको हो ।
Film Director Society Election 2073 (1)मुख्य सहायक निर्देशकको तर्फबाट प्राप्त गर्ने दुई सदस्य पदमा भने हरी शिलवाल र पवन प्रसाद खतिवडा निर्विरोध भएका छन् । मतदान ११८ जना निर्देशकहरुले गर्दैछन् ।
Film Director Society Election 2073 (1)