‘चलचित्र निर्देशक समाज’को अध्यक्षमा ६९ मत ल्याएर सुचित्रा श्रेष्ठ बिजयी (बिजयीको सुचिसहित)

...

साउन, काठमाडौं । नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा सुचित्रा श्रेष्ठ बिजयी भएकी छिन् । आगामी ३ बर्षे कार्यकालको नेतृत्वको लागी प्रत्यासी राजु केसीलाई पछि पार्दै ६९ मत ल्याएर बिजयी भएकी हुन् । प्रत्यासी केसीले ३४ मत ल्याएका थिए ।

Film Director Society Election 2073 (1)यस्तै नेपाल चलचित्र निर्देशक समाजको नयाँ नेतृत्वमा बिजयीहुने अन्यको सुचि यसप्रकार रहेको छ ।

उपाध्यक्षः रक्षासिंह राणा (८३ मत) र दिपक खाँड (४९ मत)
दुई उपाध्यक्षको लागी तीन जनाको उम्मेद्वारी परेकोमा तेस्रो भएका प्रमोद भण्डारीले जम्मा ४० मत ल्याए ।

सचिवः शेखर खनाल (५० मत)
खनालका प्रत्यासी जनकद्विप पराजुलीले ४८ मत ल्याउँदै २ मतले पछि परे ।

कोषाध्यक्षः विश्वमणी घिमिरे (६९ मत)
घिमिरेका प्रतिद्वन्दी समिर बलामीले जम्मा २९ मत ल्याए ।

सहकोषाध्यक्षः राजु अधिकारी (४७ मत)
अधिकारीका प्रत्यासी शिव घिमिरेले ४४ मत ल्याए ।

महासचिवः गोपालचन्द्र लामिछाने (निर्विरोध)

सदस्यहरुः समुन्द्र भट्ट, अरुणकुमार प्रधान, शानु शाक्य, अजित अधिकारी, रञ्जित राना र आरविके शरद
Film Director Society Election 2073 (4)

शनिबार चलचित्र बिकास बोर्डको कार्यालय हलमा भएको समाजको ११ औं साधारणसभामा १३८ जना निर्देशकले मताधिकार पाएकोमा जम्मा १०३ मत मात्र खसेको थियो ।

निर्वाचन पुर्व अध्यक्ष सुचित्रा श्रेष्ठले आर्टिस्ट खबर डटकमसँग गरेको भिडियो कुराकानी हेर्नु सक्नुहुनेछ ।