सुनिता दुलाल गर्दैछिन् दरखाने र माईत जाने कुरा (भिडियो)

...

साउन, काठमाडौं । गायिका सुनिता दुलाल प्राय तिजमा खुलेकी हुन्छिन् । उनी तिज गीतबाट नै धेरै चर्चामा आउने गर्दछिन् । तिज झल्किने गीत बजारमा ल्याएर उनले दर्शकमाझ तिज गीत गायिकाको रुपमा पनि आफुलाई परिचित गराईसकेकी छिन् ।
sunita dulal new teej songबर्षेनी तिज गीत दिँदै आएकी सुनिताले यसबर्ष पनि नयाँ तिज कोसेली बजारमा ल्याएकी छिन् । जुन गीतमा पनि दरखाने र माईत जाने कुरा गरेकी छिन् । यसपाली नी खानी दर जानी माईतीघर बोलको यस तिजगीतमा सुनिता छमछमी नाचेकी छिन् । माईतीघर एल्बममा रहेको यसगीतमा सुनिताको स्वर रहेको छ भने महेश खड्का र कुमार बिबाहित उप्रेतीले लेखेका हुन् । गीतमा संगीत पनि महेश खड्काकै रहेको छ ।भिडियोको निर्देशन भने गोविन्द राईले गरेको हुन् ।


यसरी धेरै महिलाहरुका बिच दर खाने र माइती घर जाने कुरा गरेकी सुनिताले वास्तविक जीवनमा भने विवाह गरेकी छैनन् । गतबर्ष मिडियाहरुमा यसबर्ष बिवाह गर्ने भनेता पनि उनले अहिलेसम्म विवाह गरेकी छैनन् ।