सुशिल र बर्षालाई लिएर बन्ने भयो ‘कारखाना’

...

साउन, काठमाडौं । फिल्म ‘कारखाना’ बन्ने भएको छ । आज काठमाण्डौको कमलादीस्थिती गणेशस्थानमा पुजा गर्दै फिल्मको शुभसाइत गरिएको हो । सुशिल श्रेष्ठ, बर्षा सिवाकोटी, जेबिका कार्की लगायतको मुख्य भुमिका रहेको यस फिल्मका सुदिप खड्का, राजेन्द्र केसी, अमर बज्रचार्य र सुर्याश खड्का निर्माता हुन् ।

karkhana nepali movie
आज भएको शभसाइत कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार रार्इ, निर्माता संघका महासचिव केशव भट्टरार्इ, चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा लगायतको उपस्थिती थियो ।

फिल्ममा अमरदिप सापकोटाले लेखन तथा निर्देशन र डाइनामिक इन्टरटेन्मेन्ट वल्र्ड प्रालीले प्रस्तुती रहनेछ । फिल्ममा सुशिल, बर्षा र जेबिकाको साथमा नविन लम्साल, मौसमी मल्ल, नागेन्द्र रिजाल, विकास उप्रेती, रविन पोख्रेल लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।