साउन, काठमाडौं । युवापुस्ताको मनमुटुमा बसेका मोडल पलशाहले आफ्नो कुनै पनि प्रेमिका नभएको र नायिका आँचल शर्मासँगको जति पनि हल्ला बजारमा छ त्यो हल्लामात्र भएको बताएका छन् । आधुनिक तथा पप् गीतहरुका म्युजीक भिडियोमा एकछत्र नाम कमाएका पलले आँचलसँग संँगै हिड्दैमा मेरो प्रेमिका भनेर गरीएको हल्ला आँफैलाई थाहा नभएको र आँचल आफ्नो साथी मात्र भएको बताएका हुन् ।
पलले हामीसँग कुरा गर्दै भने, “बजारमा जतिपनि हल्ला भएका छन् त्यो मलाई नै थाहा छैन, मिडियाहरुको प्रश्न सुन्दा यस्तो हल्ला भएको छ र जस्तो लाग्छ, आँचल र मेरो त्यो केहि सम्बन्ध छैन, मात्र साथी हौं, फेरी मेरो प्रेमीका थियो भने छ भन्नलाई मलाई कुनै आपत्ति छैन, नभएकोलाई छैन नै भन्छु ।”
–
पलले नाई नभन्नु ल ४ बाट फिल्ममा डेब्यु गरेका हुन् । उनले पहिलो फिल्ममा नायिका आँचल शर्मासँग काम गर्दैगर्दा उनी र आँचल बिच प्रेम रहेको हल्ला बजारमा आएको थियो । पल र आँचलले दोस्रो फिल्म जोनी जेन्टलमेन पनि सँगै गर्दैछन् । केहि दिन अघिमात्र यस फिल्मको पत्रकार सम्मेलन गरी घोषणा गरीएको थियो ।