‘वीरविक्रम’को नयाँ ट्रेलर सार्वजनिक, दयाहाङ बनेका छन् ‘बिर’ (भिडियो)

...

साउन, काठमाडौं । दयाहाङ राई बिरको भुमिकामा रहेको फिल्म ‘वीरविक्रम’को नयां ट्रेलर सार्वजनिक गरीएको छ । आउँदो भदौ ३ गतेबाट रिलिज हुने यस फिल्ममा दयाहाङ राई, अर्पण थापा, अनुप विक्रम शाही, दीया पुन, नाजिर हुसेन, वसन्त थापा लगायतको मुख्य भुमिका रहेको छ । फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।

birbikram
चलचित्रमा एक नायिकाको पछि लाग्ने ३ नायकको प्रेमकथा देखाइएको छ। यस अघि हँसिया निर्माण गरेका निर्देशक मिलन चाम्सले दर्शकहरुले चलचित्र मन पराउने दावी गरेका छन्। लण्डन सिने आइ प्रोडक्शनमा निर्माण भएको चलचित्रमा तारा प्रकाश लिम्बुको संगीत रहेको छ।