तिज कार्यक्रमका लागी सुनिता र प्रकाश सहितका कलाकार जापान जाँदै (प्रोमो सहित)

...

साउन, काठमाडौं । नेपाली नारीहरुको महान पर्व हरितालिकाको अवसरमा जापानमा हुने तिज बिशेष साँस्कृतिक कार्यक्रमका लागी नेपाली कलाकारको टोली जापान जाने भएको छ । आउँदो अगस्ट २८ र ३० मा जापानको टोक्योमा हुने ‘तिज महोत्सव २०१६’ कार्यक्रमका लागी नेपालबाट चर्चित गायक गायिकाहरुको टोली जाने भएको हो ।
1 sunita dulal, prakash katuwal, jamuna sanam, baikuntha mahatजापानमा रोजगारी र अध्ययनको शिलशिलामा रहँदै आएका नेपालीहरुलाई मनोरञ्जन दिलाउने उद्देश्यका लागी आयोजना गरीएको यस कार्यक्रममा नेपालका ख्याती प्राप्त कलाकारहरुको टोलीमा गायिका सुनिता दुलाल, गायक प्रकाश कटुवाल, गायक बैकुण्ठ महत र गायिका जमुना सनम जाने भएका हुन् ।

‘म नेपाली गु्रप’को आयोजनामा हुने उक्त कार्यक्रममा नेपालबाट जाने कलाकारको टोलीले तिज बिशेष साँस्कृतिक प्रस्तुती दिने बताइएको छ । साथै कार्यक्रममा स्थानिय कलाकारहरुको पनि प्रस्तुती रहने आयोजकले बताएको छ । टोक्योको पहिलो कार्यक्रम ‘तोसिमा कुमिन सेन्टर’ हलमा र दोस्रो कार्यक्रम ‘मेगुरो कुमिन सेन्टर’ हलमा हुने आयोजकले बताएको छ ।

कार्यक्रममा कलाकारको टोलीबाट जाने गायिका सुनिता दुलाल बिशेषतः तिज गायिका भनेर पनि चिनिन्छिन् । उनले बिशेष गरी तिजका गीतहरु बढी निकालेकी हुन्छिन् र धेरै तिज कार्यक्रमकै लागी देश बिदेशमा उनलाई प्रस्तुतीका लागी बोलाउने पनि गरिन्छ । उनले यसबर्ष पनि ‘यसपाली नी खानेदर जानेमत माईती घर’ बोलको तिजगीत बजारमा ल्याएकी छिन् । जुन गीतलाई दर्शकले मन पराएको पाइन्छ ।

Promo: 

त्यस्तै गायक प्रकाश कटुवाल पछिल्लो समय लोकगीतमा चलेका कलाकारको रुपमा चिनिन्छन् । उनले निकालेका गीतहरु दर्शकले धेरै हेरेको पनि पाइन्छ । अलिक कमेडी छबिका गीत बजारमा ल्याउने प्रकाशका केहि गीतहरु बिबादमा पनि आएका थिए । गतबर्षको विवादित तिज गीत ‘ढाडे बिरालो’ पनि उनले नै गाएका हुन् । साथै यसबर्ष प्रकाशले ‘बिच बाटोमै खोल्दिन्छु’ बोलको तिज गीत बजारमा ल्याएका छन् ।

त्यस्तै अर्का गायक बैकुण्ठ महत पनि यसै कार्यक्रममा आफ्नो प्रस्तुती देखाउन जाँदै छन् । नेपाली लोकदोहोरीको क्षेत्रमा धेरै गीतमा स्वर दिइसकेका बैकुण्डको पछिल्लो समय चर्चामा रहेको गीत ‘पानी जहाज’ हो । जसलाई दर्शकले राम्रै रुचाएका थिए ।

त्यस्तै अर्की गायिका जमुना सनमले पनि दर्जनौं गीतहरुमा आफ्नो स्वर दिएकी छिन् । उनको पनि ‘के छ खबर सुन्तली तिम्रा घरको’ बोलको तिज गीत दर्शकले निकै रुचाएको गीतमा पर्दछ ।

‘म नेपाली गु्रप’ जापानले आयोजना गर्ने यस ‘तिज महोत्सव २०१६’ कार्यक्रमबाट उठेको मुनाफा रकम रक्षा नेपाललाई सहयोग रुवरुप हस्तान्तरण गर्ने बताइएको छ ।