युवा मैत्रीपूर्ण खेल प्रतियोगिताको उपाधि कलाकारको समुहलाई

...

साउन, काठमाडौँ । बुधबार ललितपुरको च्यासल मैदानमा भएको युवा मैत्रीपूर्ण खेल प्रतियोगितामा कलाकारको समुहले उपाधि हात पारेको छ । बिभिन्न संघसंस्थाको संयुक्त आयोजनामा भएको खेलमा पत्रकार, कलाकार, बिभिन्न राजनीतिक युवासंगठन, अपाँग युवा समुह लगायत बिभिन्न ८ समुहले प्रतिष्पर्धा गरेका थिए ।
artists team winnerखेलमा प्रमुख अथितिको रुपमा रहेका युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले नेपाली खेलाडीहरुलाई आफू खेलाडी भएकोमा गर्व गर्न सक्ने बनाउन आफ्नो योगदान हुने बताए । उनले भने, “बोल्ने मात्र हैन गरेर देखाउछौं, नेपाली खेलाडीहरुको परवर्तन र खेलको बिकासको लागि आवश्यक भौतिक ब्यबस्थापन गर्नेछु ।”


कलाकारको टिममा शंकर बिसी, राजा राजेन्द्र पोख्रेल, मरिचमान श्रेष्ठ लगायतका थुप्रै कलाकारहरु थिए ।