साउन, काठमाडौं । अब नेपालमा पनि ‘फेसन अवार्ड’ हुने भएको छ । अन्य देशहरुमा हुँदै आएको फेसन अवार्ड जस्तै अब पहिलो पटक नेपालमा पनि फेसन अवार्ड हुने भएको हो ।
नेपाली डिजाईनहरुलाई अवसर दिँदै फेसन अवार्डको आयोजना गरीने भएको हो । यस अवार्डको आयोजना विगत ४ बर्षदेखि नेपाली फेसन बजारमा अनलाइन सेवा दिदै आएको ‘क्लोथ नेपाल’ले गर्दैछ ।
–
सो अवार्ड कार्यक्रममा नेपालका चर्चित १० मोडलहरुले १०० जना नेपाली डिजाइनरहरुबाट छानिएका ५ फरक फरक डिजाइन प्रस्तुत गर्नेछन् । यस कार्यक्रम सेम्टेम्बर १७ मा आयोजना हुने भएको छ ।