‘बिजुली मेसिन’ ट्रेलर सार्वजनिक, राजेश हमाल बिशेष भुमिकामा

...

साउन, काठमाडौं । फिल्म ‘बिजुली मेसिन’ ट्रेलर सार्वजनिक गरीएको छ । नेपालकै पहिलो साइन्स फिक्सन दाबी गरिएको यस फिल्ममा महानायक राजेश हमाल भने बिशेष भुमिकामा प्रस्तुत भएका छन् ।
bijuli mechine programबुधबार राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक सँगै भदौ ३१ गतेबाट देशभर प्रदर्शनमा आउने जानकारी दिइयो । साथै कार्यक्रममा खेलाडी बिमल घर्तीमगर, उद्यामी प्रशन्न बस्नेत, नव निर्वाचित निर्देशक समाजका अध्यक्ष सुचित्रा श्रेष्ठ, यस्तै सञ्जय पण्डित, रमेश सिलवाल लगायतलाई पुर्व सञ्चारमन्त्री डा।मिनेन्द्र रिजाल र काङ्ग्रेस युवा नेता गगन थापाले सम्मान गरे ।


कार्यक्रममा नेताद्वाय रिजाल र थापाले फिल्म नयाँ बिषयबस्तुमा बनेकोले पनि दर्शकको मन जित्ने बताए । फिल्मको छायांकन नेपालमा भएको नाकाबन्दीको बेलामा भएको कारणले लगानी उच्च रहेको फिल्मका लेखक तथा निर्देशक नविन अवालले बताए । फिल्मको लगानी करिब १ करोड पुगेको निर्माण युनिटले बतायो । यस अघि फिल्मको टिजर सार्वजनिक भईसकेको छ ।

सिलौटी इन्टरटेनमेन्टको व्यानरमा निर्मित यस फिल्ममा राजेश हमाल, रिसव आचार्य, संजिव न्यौपाने, दिपेन बस्नेत र सन्तोष लामिछानेले निर्माण गरेको फिल्ममा अभिशेक सुवेदी, जीवन अधिकारी, रेलीजा श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी भुषाल, कमलमणी नेपालको अभिनय रहेको छ । ।