मलेसियामा ‘युनिक साँस्कृतिक धमाका ३’ आयोजना हुँदै, नेपाली कलाकारहरुको बेजोड प्रस्तुती रहने

...

साउन, काठमाडौं । मलेसियामा हरितालिका तिजको अवसरमा ‘युनिक सास्कृतिक धमाका ३’ को आयोजना हुने भएको छ । ग्रेट कन्चनजङगा एस. डि.एन. बि. एच. डि. को ब्यबस्थापन मा आयोजना हुने युनिक सास्कृतिक धमाका ३ मा यसपाली पनि देश मा चर्चा बटुलेका कलाकार हरु को प्रस्तुती रहने छ ।

यसबर्षको युनिक धमाकामा चर्चित लोकदोहरी गायिका उमा श्रेष्ठ, गायक तथा कलाकार बिक्रम जंग शाह, लोक गायिका सबिता परियार, डान्सर निरुता शाह ठकुरी, लोक गायक प्रकाश योगी तथा स्थानिय कलाकारहरु को बेजोड प्रस्तुती रहने कार्यक्रमका आयोजक नवीन खडका ले जानकारी दिनु भयो ।

unik dhamaka 3, malaysia - artist khabar
कार्यक्रम तिन ठाउँमा आयोजना हुँने आयोजनक ले बताएको छ । सेक्टेम्बर ४ मा सप्तरंगी रेस्टुरेन्ट मुहार, सेक्टेम्बर ११ मा होटेल रिभर भ्यु र सेक्टेम्बर १८ तारिक हाइश रेस्टुरेन्ट ग्रीसिक मा आयोजना हुने बताउनु भयो ।
कार्यक्रमको आर्टिस्ट खबर डटकम मिडिया पार्टनर रहेको छ ।