चम्सुरीसँग मनको प्यास मेटाउन खोज्दैछन् मुलाको साग (भिडियो)

...

साउन, काठमाडौं । टेलिभिजनको पर्दामा जमेको जोडी सुरेन्द्र केसी (मुलाको साग) र पल्पसा डंगोल (चम्चुरी)को नयाँ गीत बजारमा आएको छ । ‘तिरीमिरी झ्याँईमात्र’ बोलको लोकगीत बजारमा आएको छ । जसमा सुरेन्द्र र पल्पसालाई भट्टीको साहुनी र भट्टीमा आउने गा्रहक बनाएर भिडियोमा देखाइएको छ ।
12212गीतका चम्सुरीलाई मुलाको सागले मनको प्यास मेटाउन आग्रह गरेका छन् । जुन कुरालाई भिडियोमा कमेडी तरिकाले देखाइएको छ । पछिल्लो समय नेपाली लोकगीतहरुमा कमेडी कलाकारहरुलाई राखेको भिडियो दर्शकले रुचाएको पनि पाइन्छ ।

परेली फिल्मस्द्धारा सार्वजनिक यस गीतमा किसन गाहा मगर र श्री देवी देवकोटाको स्वर रहेको छ भने गीतमा बिनोद ढकालको शब्द रहेको छ । भिडियोलाई मिलन कार्कीले निर्देशन तथा सम्पादन गरेका हुन् भने सागर गौतमले खिचेका हुन् । गीतमा सुरेन्द्र र पल्पसाको साथमा मुना रिजालको अभिनय रहेको छ ।
भिडियो