निको भए ‘दाह्री बा’, भन्छन्- बिरामी हुँदा यतिधेरै माया अहिलेसम्म पाको थिएन (फोटो फिचर)

...

साउन, काठमाडौं । टेलिभिजनको पर्दामा ‘दाह्री बा’ भनेर चिनिएका कलाकार सुरबिर पण्डित यतिखेर लगभग पुर्ण रुपमा निको भएका छन् । केहि समय अगाडि खुट्टाको अपरेशन गरेका सुरबिरले करिब महिना दिन पछिको लामो आराम पछि उनी छायांकनमा पनि देखिन थालेका छन् ।

Surbir pandit dari baa- artist khabarशनिबार राजधानीको उत्तरी भेगमा पर्ने एक गाउँमा एक तिजगीतको छायांकनको बेला आर्टिस्ट खबरडटकमको टिमले उनलाई भेट्दा उनी हँसिलो मुद्रामा हामीलाई भने, “म त निको भईसकेँ, म अस्पतालमा हुँदा यतिधेरै माया गर्नु हुँदो रहेछ, सबैलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु । सबैको मायाले आज म जाति भईसकेको छु ।”
Surbir pandit dari baa- artist khabarसुरबिरले आफु एकसाता अस्पताल बस्दा कलाक्षेत्रका धेरै सहकर्मिहरु आँफुलाई भेट्न आउँदा निकै नै मायापाएकोमा खुसी ब्यक्त गरे । यतिधेरै माया अहिलेसम्म नै नपाएको उनी बताउँछन् । अस्पतालमा रहँदाको समयमा आफ्ना शुभचिन्तकहरुले यतिधेरै माया गरेको र यो माया सदैब मनमा रहने भन्दै उनले आफ्ना शुभचिन्तक तथा दर्शकहरुलाई धन्यवाद समेत दिएका थिए ।
Surbir pandit dari baa- artist khabarछायांकनस्थलमा बैशाखीको साहारामा पुगेका सुरबिरले फेरी पनि खुट्टा बल्झिन सक्ने भनेर बैशाखी टेकेर आएको बताए । पुर्णरुपमा अझै पनि निको नभएकोले राजधानीबाट नजिकैको छायांकनहरुमा हिड्ने गरेको उनी बताउँछन् । उनले अहिले दगुर्ने, कराउने बाहेकका छायांकनमा हिड्ने गरेको बताए ।
Surbir pandit dari baa- artist khabar