‘किस्मत २’को गीत हेर्नुस्, ‘आकाशबाट झरेकी अप्सरा’

...

भदौ, काठमाडाौं । निर्माता छविराज ओझाले बनाएको फिल्म ‘किस्मत २’को गीत सार्वजनिक गरीएको छ । निर्माता छविले बनाएका फिल्मका गीतहरु प्राय हिट हुने गर्दछन् । यसपालीको यस फिल्मको आकाशबाट झरेकी अप्सरा’ बोलको गीतपनि कत्तिको हिट हुनेहो त्यो केहि दिनपछि थाहा हुनेनै छ ।
kismat nepali movieसार्वजनिक गीतमा उदितनारायण झाको स्वर, अर्जुन पोख्रेलको संगीत, अमृत रेग्मीको शब्द छ । रामजी लामिछानेले यो भिडियोको कोरियोग्राफी गरेका हुन् ।

यहि आउँदो असोज २१ गते फुलपातीको दिनमा प्रदर्शन गर्ने तयारीमा रहेका छविले यसपटक भने किस्मतको सिक्वेलमा शिल्पालाई लिएका छन् । यो भन्दा अघिको किस्मत फिल्ममा रेखा थापा र आर्यन सिग्देल मुख्य भूमिकामा थिए ।


चलचित्रको यो गीतमा मुख्य कलाकार शिल्पा पोख्रेल, किशोर खतिवडा र नव-कलाकार पृथ्विराज शर्मालाई फिचरिङ गरिएको छ । ‘ ऋषि लामिछानेले यो चलचित्रको निर्देशन गरेका हुन् ।