नेताहरुलाई गोरु र गाई भन्दै हाँस्दै यसरी मनाए हाँस्यकलाकारहरुले बानेश्वरमा गाईजात्रा (१७ तस्बिर सहित)

...

भदौ, काठमाडौं । गाईजात्रा भन्ने बित्तिकै हाँस्यकलाकारहरुको ठुलो पर्वको रुपमा लिइन्छ । यसबर्ष (बि.सं २०७३) को गाईजात्रा पनि शुरु भएको छ । भदौ २ गतेबाट शुरु भएको गाईजात्रा यतिखेर बिभिन्न कार्यक्रम गरेर मनाईरहिएको छ । राजधानी भित्र तथा तथा यतिखेर हाँस्यकलाकारहरुले बिभिन्न कार्यक्रम गरेको पाइन्छ ।
gaijatra 2073, radio audio gaijatraयसैबिचमा राजधानीको नयाँबानेश्वरमा बिहान ८ः३० बजेदेखी १२ः३० सम्म बानेश्वरको गाईजात्रा सम्पन्न भएको छ । नेपालका ख्यातिप्राप्त हाँस्य कलाकारहरुका साथमा भएको गाईजात्रामा हाँस्यकलाकारहरुले संसदभवन तर्फ फर्किँदै नेताहरुलाई गोरु र गाई भन्दै हाँस्दै गाईजात्राको शुभारम्भ गरेका थिए ।

नेपालको एकमात्र हाँस्य रेडियोको रुपमा रहेको रेडियो अडियोको आयोजनामा भएको उक्त कार्यक्रममा हाँस्य कलाकारहरु दिपकराज गिरी, दिपा श्री निरौला, किरण केसी, मनोज गजुरेल, जितु नेपाल, दमन रुपाखेती, राजाराजेन्द्र पोख्रेल, दिनेश काफ्ले, जोगिन्दर, यमन श्रेष्ठ, सुमन जंग केसी, शान्तिम कोइराला, टंक बुढाथोकी लगायतले आफ्नो प्रस्तुती दिएका थिए ।
manoj gajurel in gaijatraरेडियो अडियोले बिगतका बर्षमा पनि यसरी नै बानेश्वरको गाईजात्रा नाममा गाईजात्रा गर्दै आएको छ । यसबर्ष पनि रेडियो अडियोले आफ्नो ९ औं बार्षिक्तोत्सवको उपलक्ष्यमा गाईजात्रा बिशेष कार्यक्रम गरेको हो । गाईजात्रा कार्यक्रम रेडियो अडियो लगाएत देशभरीका दर्जन बढी रेडियोहरुले पनि पत्यक्ष प्रसारण गरेका थिए ।

साथै तितेजिरे गाईजात्रा २०७३ पनि प्रज्ञाभवन कमलादीमा शुरु भएको छ । भदौ २ गतेबाट शुरु भएको गाईजात्रा शो १५ दिनसम्म साँझ ५ः३० बजेबाट शुरु हुने र बिदाको दिन दिउँसो १ः३० र साँझको शो गरेर दुई शो हुने बताइएको थियो ।

गाईजात्रा कार्यक्रममा देखिएका हाँस्यकलाकारहरुका रमाईला तस्बिर हेर्नुस्ः
kiran kc nepali comedianjitu nepal - nepali top comedian

deepak raj giri - nepali comedian

yaman shrestha- comedian

daman rupakheti - comedian of nepal

gaijatra 2073, radio audio gaijatra

jogindar - comedian of nepal

raja rajendra pokhrel

deepa shree niraula - comedian

gaijatra 2073, radio audio gaijatra

suman jung thapa

tanka budhathoki - popolar singer of nepal

raja rajendra pokhrel and dinesh kafle

gaijatra 2073, radio audio gaijatra

Dipendra khaniya - radio audio director manager