विभिन्न क्षेत्रमा योगदान पुर्याएका पाँच महिलाहरुलाई सहकारीले गर्यो सम्मान

...

भदौ, काठमाडौं । समाजमा बिभिन्न क्षेत्रमा योगदान पुर्याएको भन्दै ललित ब्युटिसियन बहुउद्देशिय सहकारी संस्थाले पाँच महिलालाई सम्मान गरेको छ । शनिबार तीज माइती मेलाको आयोजना गर्दै ललितपुरमा वरिष्ठ कलाकार बसुन्धरा भूषाल, सन् २००२ की मिस नेपाल उषा खड्गी, ब्युटिसियन चिनु गुरुङ, चित्रकार जया शर्मा र उनका सञ्चारकर्मी पति सुव्रत आचार्य अनि नृत्यङ्गना रोमा न्यौपानेलाई रु.दश हजार सहित सम्मान गरिएको हो ।
sammanमिना रिमाल न्यौपाने संस्थापक अध्यक्ष रहेको उक्त सहकारी संस्थाले गरेको गरेको सो कार्यक्रमका प्रमुख अतिथि माननिय मदन बहादुर अमात्यले सम्मानित व्यक्तित्वलाई सम्मान पत्र हस्तान्तरण गरेका थिए ।


कार्यक्रममा कलाकारहरु दिपाश्री निरौला, किरण केसी, कुञ्जना घिमिरे ‘सुन्तली’, गायिका निशा सुनार , गायिका सिर्जु अधिकारी लगायत उपस्थित थिए । यस सहकारीले बार्षिकरुपमा यसरी नै कार्यक्रम गर्दै आएको छ ।