मिलन लामाले ल्याए नेपालको सत्यकथा भएको यस्तो गीत (गीतीशब्द सहित)

...

भदौ, काठमाडौं । गायक मिलन लामा बिगत लामो समयदेखी नेपाली गीतसंगीतमा सक्रिए छन् । नेपालका कुराकन्दरामा रहेका यथार्थकथालाई आम दर्शकतथा स्रोतामाझ ल्याउँदै आएका मिलनले पुनः नेपालको सत्यकथा भएको एक गीत बजारमा ल्याएका छन् ।
milan lama - singer
गायक मिलनले पछिल्लो समय नेपालमा भईरहेको सत्यकथालाई गीतमा उतारेका छन् । नेपालमा रहेर धेरै पढ्ने र अन्तिममा बिदेशीने युवाहरुको कथालाई गीतमा प्रस्तुत गरीएको छ । अडियो सार्वजनिक भईसकेको यसगीतको यसैसातामा भिडियो रिलिज हुने गायक मिलनले आर्टिस्ट खबर डटकमलाई जानकारी दिएका छन् । मिलनका अनुसार केहिदिनमै चितवनमा यसगीतको छायांकन हुँदैछ ।

बजारमा गीत ल्याईसकेपछि त्यसगीतले केहि सकारात्मक सन्देश दिवस् भन्ने चाहाने गायक मिलनले यस गीतले पनि समाजमा सकारात्मक सन्देश दिने बताउँछन् । “नेपालमा अहिले महंगो पैसा तिरेर ठुला ठुला बिषय पढिन्छ अनि नेपालमै बसेर केहि गर्ने बेलामा बिदेशीने बढी हुन्छन् यो भनेको नेपालका लागी निकै दुखदायी कुरा हो”, मिलनले भने ।

गायक मिलन लामाका यसभन्दा अघि माझी दाई पोखरा फेवातालको’, ‘लालुपाते फुलछैन रुखमात्र’ै, ‘जुम्ला कालीकोट’ लगायतका गीतलाई दर्शक तथा स्रोताले निकै रुचाएका छन् ।


गीतमा समावेश शब्द पढ्नुहोस् ।

‘सुन कथा यो, यो हाम्रो नेपालको सत्य कथा हो ।

दरबार जस्तो घर भएनी के काम लाग्यो चण्डीका,
छोरी गए अस्ट्रेलिया छोरो अमेरीका ।

जति जति धेरै पढ्यो त्यति त्यति टाढा,
माया मात्रै भो गाढा ।

गैरी खेत लैनो भैँसी बेची बेची पढाएँ,
आफु नखाई नखाई उन्लाई मिठो खुवाउँदै पढाएँ ।

टाढै जाने जहाज चढी गए बसाई सारेर,
घरै सुन्ने पारेर ।

सुन कथा यो, यो हाम्रो नेपालको सत्य कथा हो ।

सुन्छु कुरो नाति भो रे सुईमिङ पुलमा पौडिने,
यता घरको आगन खाली कल्ले दौडने ।

अब आसै मार्देउ बुढी छोरा छोरी फर्किने,
सुन्छु उतै घरकिने ।

राजनितिको फोहोरी खेल बाग्मतीमा खनाईदेऊ,
पढेपछि जागिर पाईने नयाँ नेपाल बनाईदेऊ ।

बन्द भाको कलकारखाना खोल उद्योग धन्दा,
राम्रो हुन्छ सबभन्दा ।

सुन कथा यो, यो हाम्रो नेपालको सत्य कथा हो ।’