‘जिग्री पाँडे प्रतिष्ठान नेपाल’ पनि लागीपर्यो बाढिपहिरो पीडितलाई राहत बितरण गर्न (भिडियो)

...

भदौ, काठमाडौं । टेलिभिजनको पर्दामा हँसाउँदै आएका आर्टिस्टहरु यतिखेर समाजसेवा तर्फ लागिरहेका छन् । समाजका गहनाको रुपमा हेरिने आर्टिस्टहरुले समाजमा परेका दुखहरुमा पनि सहयोग गर्नुउनीहरुको कर्तव्य पनि हो । यसैगरी पछिल्लो समय चर्चामा रहेको हाँस्यटेलिश्रृंखला भद्रगोलका आर्टिस्टहरु यतिखेर बाढिपहिरो पिडितलाई राहत बितरणमा लागिपरीरहेका छन् ।
photo jigri padeजिग्री पाँडे प्रतिष्ठान नेपालद्धारा प्युठान जिल्ला लुङ ६ मा बाढिपहिरोबाट प्रभावित ठाउँमा पुगेर राहत बितरण गरीएको छ । राहत बितरणमा आर्टिस्टहरु कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे), हरि निरौला (कक्रोज), सागर लम्साल (बले),अशोक धिताल (बाहुन डन), रामसार मिडियाको तर्फबाट राज हुमागाई, हाकाहाकी टेलिश्रृंखलाका निर्माता तथा कलाकार राम थापा, मोडल सगुन श्रेष्ठको टोलीले राहत बितरण गरेको थियो ।

प्युठान पुगेर जिग्री पाँडे प्रतिष्ठानले बाढिपिडितलाई बाँडेको राहत तलको भिडियोमा पनि हेर्नुसक्नुहुनेछ ।