‘समर लभ’की साया नभेटिँदा यो बर्ष नबन्ने भयो ‘समर लभ’ फिल्म

...

भदौ, काठमाडौं । सुविन भट्टराईको कृति ‘समर लभ’ माथि फिल्म बनाउने तयारी भईरहँदा साया पात्रका लागी अभिनेत्री नभेटिँदा यस बर्ष समर लभ फिल्म नबन्ने भएको छ । निर्माता विकास आचार्यका अनुसार आफुले खोजेजस्तो र कथाले मागेजस्तो नायिका नभेटिएपछि यसबर्ष फिल्म निर्माण नगर्ने भएका हुन् ।
summer love nepali movieलामो समयदेखि चलचित्रको निर्माणपक्ष कथालाई सुहाउने सायाको खोजीमा रहेको थियो। तर अहिलेसम्म भनेजस्तो नायिका पाएको छैन । यो वर्ष चलचित्र नबन्ने भन्दै आचार्यले अर्को प्रोजेक्ट ‘निराञ्जना’ को काम अघि बढाउन लागेको समेत बताएका छन् ।