हाँस्यकलाकारले भनिदिए ऋिषी धमलाको रिस उठ्दो क्लब

...

भदौ, काठमाडौं । पत्रकार ऋिषी धमला अध्यक्ष रहेको रिपोटर्स क्लबलाई हाँस्यकलाकारहरुले रिस उठ्दो क्लबको संज्ञा दिएका छन् । गाईजात्राको अवसरमा राखिएको अन्तक्रियाको क्रममा भेला भएका हाँस्यकलाकार मध्ये हाँस्यव्यंग्यकार शैलेन्द्र सिम्खडाले यस्तो पत्रकार धमलाको क्लबलाई यस्तो संज्ञा दिएका हुन् ।

comedy artists with rishi dhamalaगाईजात्राको माहोलमा उनले आफु लगायत अन्य हाँँस्यकलाकारहरु पत्रकार ऋिषी धमलासँगै रहेको तस्बिर आफ्नो सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्दै ऋिषी ‘धमलाको रिस उठ्दो क्लबमा’ भन्दै लेखेका हुन् । गाईजात्राको माहोलमा यस्तो लेखिरहँदा गाईजात्राकै रुपमा लिन पनि सकिन्छ ।
comedy artists with rishi dhamala

पछिल्लो समय पत्रकार धमलाले लिने अन्तर्वाताहरु चर्चामा रहेका हुन्छन् । उनले सोध्ने प्रश्नहरु कडा हुने र कतिले हावादारी हुने पनि बताउँछन् । त्यसैले पनि हाँस्यकलाकारहरुले पनि रिस उठ्दो क्लब भनेर संज्ञा दिएको अनुमान लगाउन सकिन्छ ।
comedy artists with rishi dhamala

कार्यक्रममा हाँस्य कलाकार शैलेन्द्र सिम्खडा, दिपकराज गिरी, दिपा श्री निरौला, मनोज गजुरेल,  जितु नेपाल, किरण केसी लगायतले सहभागी जनाएका थिए ।