‘वारि जमुना पारि जमुना’का गायक खेमराज गुरुङको उपचारको क्रममा निधन

...

भदौ, काठमाडौं । गायक खेमराज गुरुङको निधन भएको छ । ‘वारि जमुना पारि जमुना’, ‘आलुतामाले’ लगायतका चर्चित गीतका गायक खेमराजको चावहिलस्थित मेडिकेयर अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो । उनको ४२ बर्षको उमेरमा निधन भएको हो ।
khemraj gurung sick
१० दिनदेखी अस्पतालमा उपचार गराईरहेका खेमराजलाई जण्डिसको समस्या देखिएपछि चेकअपका लागी अस्पताल पुर्याइएको थियो । पछि उनलाई अस्पताल भर्ना नै गर्नु परेको थियो । स्वास्थ्य बिग्रिँदै गएपछि आईसीयूमा राखिएको र पछि स्वास्थ्य स्थिती निकै नाजुक भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । चिकित्सकहरुका अनुसार उनलाई दिल्लीको मेदान्त अस्पतालमा रिफल गरीएको थियो । तर यस्तो नाजुक अवस्थामा अस्पतालबाट निकालेर लैजानु झन् खतराका अवस्था आउन सक्नेभएकोले उनलाई अहिले पनि भेन्टिलेटरमै राखिएको थियो ।


गुरुङको बिहिबार साँझ ५ः५० मा निधन भएको हो । निधनको खबरले अस्पताल परिसरमा भिडभाड लागेको छ । गुरुङको पार्थिव शरीरलाई टिचिङ अस्पतालमा लाने तयारी भइरहेको छ ।


गायक गुरुङका जीवन, जीवन–२, अनमोल, धरान–पोखरा, सोल्टी, आलुतामा, ढाक्रे र घुमफिर एल्बम रहेका छन् ।