भदौ, काठमाडौं । तिन जना पात्रलाई लिड रोलमा लिएर ‘थ्रि मङ्किज’ फिल्म बन्ने भएको छ । आज (सोमबार) राजधानीको गोंगबु शिब मन्दिरमा शुभ मुर्हत गरी फिल्मको घोषणा गरीएको हो ।
ज्योती फिल्मस्को ब्यानरमा बन्ने यस फिल्मको शुभ मुर्हत कार्यक्रममा चलचित्र बिकास बोर्डका सदस्य उत्तम केसीले क्ल्याप गर्दै पत्रकार सानुकाजी श्रेष्ठले नरिवल फुटाएका थिए । भाईराम श्रेष्ठको निर्देशनमा बन्ने यस फिल्मलाई निरेन श्रेष्ठले निर्माण गर्दैछन् । साथै जनकराज अधिकारी कार्यकारी निर्माताका रुपमा रहेका छन् ।
–
फिल्ममा रेशम फिरीरी, सरोज केसी र दिलिप तामाङ्गको मुख्य भुमिका रहनेछ । यी तिन पात्र हिमाल, पहाड र तराईलाई प्रतिनिधित्व गर्ने बताइएको छ । फिल्ममा सरिना बयलकोटी नायिकाको भुमिकामा रहनेछिन् । फिल्मको कथा सरोज केसीले लेखेका हुन् । करिब ३५ लाख लगानीमा निर्माण हुने यस फिल्म आउँदो फागुन सम्म प्रदर्शन हुने निर्देशक भाईरामले जानकारी दिए ।
फिल्मको छायांकन जोमसोम, चितवन, काठमाडौं लगायतका ठाउँहरुमा हुने निर्माता निरेनले आर्टिस्ट खबरलाई जानकारी दिए । फिल्मको छायांकन यहि साता बाट शुरु हुने बताइएको छ ।